होलीका रमाइला कार्यक्रम

- साप्ताहिक संवाददाता

चैत्र १, २०७५

रोयल होली फियस्टा–२०१९

बुधबार आयोजना गरिने रोयल होली फियस्टा–२०१९ मा रेन डान्स, वाटर पुल, लाइभ हाउस एन्ड टेक्नो म्युजिकको व्यवस्था छ । डिजे निरल र डिजे यशको प्रस्तुति पनि सुन्न र हेर्न सकिनेछ ।

स्थान : रोयल एम्पायर बुटिक होटेल, सुवर्णशमशेर मार्ग, काठमाडौं

समय : बिहान १० बजे प्रवेश : निःशुल्क

कलर फियस्टा

बुधबार नै फुनोलोजिक सोलुसन्सले आयोजना गर्ने कलर फियस्टामा बिभिन्न कलाकारको उपस्थिति रहनेछ । 

स्थान : ७ सिजन्स लाउन्ज एन्ड बार, झम्सीखेल रोड, ललितपुर समय ः ९ बजे 

होली स्प्ल्यास २के१९

इमल अनलाइन सपिङ र लुक्स नेपालको आयोजनामा बुधबार होली स्प्ल्यास २के१९ को आयोजना हुँदैछ । सो अवसरमा बिभिन्न खेल, डिजे सेसन, पुल पार्टी आयोजना गरिनेछ । सो अवसरमा विद्या तिवारी र सप्तक दुतराजले सांगीतिक प्रस्तुति दिनेछन् ।

स्थान : सिटी फ्ल्यास स्वीमिङ पुल, मध्यपुर ठिमी स्थान : ११ बजे 

होली पार्टी

विशालबजारस्थित बेन्टो लाउन्ज एन्ड बारमा बुधबार होली पार्टीको आयोजना हुँदैछ । बिहान ११ बजे सुरु हुने कार्यक्रममा बिभिन्न कलाकारहरुले प्रस्तुति दिनेछन् ।

होली हंगामा

रेडियो कान्तिपुरले यो वर्ष पनि पोखरामा होली विशेष कार्यक्रम ‘होली हंगामा–२०७५’ आयोजना गर्ने भएको छ । रेडियोका स्टेसन म्यानेजर दिनेश डिसीका अनुसार होलीको दिन अर्थात् आगामी बुधबार बिहान १० बजेदेखि पोखराको हल्लन चोकमा प्रारम्भ हुने होली हंगामा कार्यक्रममा लोकप्रिय कलाकारहरूले आफ्नो प्रस्तुतिमार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् । रेडियो कान्तिपुर तथा कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने ऊक्त कार्यत्रममा गायक शिव परियार, गायिका मल्लिका कार्की, व्यंग्यकार सन्दीप क्षेत्री, अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ आदिले विशेष प्रस्तुति दिनेछन् । कार्यक्रमलाई रेडियोका आरजेहरू दिनेश डिसी, राजेश पाण्डे, दुर्गाराज पाण्डे, सन्जोक बस्याल, निशान्त कटुवा, लक्ष्मी जिसी आदिले सञ्चालन गर्नेछन् ।

किङ्समा सञ्जीप 

पुराना गायक सञ्जीप प्रधान लामो समयपछि काठमाडौंका दर्शकमाझ प्रस्तुत हुँदैछन् । होलीको अवसर पारेर दरबारमार्गस्थित किङ्स लाउञ्जमा आयोजना हुने विशेष सांगीतिक कार्यक्रममा सञ्जीपले आफ्नो प्रस्तुति दिने छन् । लाइभ ब्यान्डसहितको उक्त कन्सर्ट साँझ छ बजेपछि प्रारम्भ हुने लाउञ्जका इभेन्ट म्यानेजर विनोद सिंहले बताएका छन् । ‘दिनभरि होली खेलेपछि साँझमा सांगीतिक वातावरण प्रदान गर्न गायक सिंहलाई प्रस्तुत गर्न लागिएको हो, म्यानेजर सिंहले बताए ।

होली स्पेसल कार्यक्रम

नेपाल राष्ट्रिय मोडलिङ संघले होलीकै दिन होली स्पेसल कार्यक्रम शीर्षक राखेर एउटा रमाइलो कार्यक्रम आयोजना गर्दैछ । बल्खुचोकमा आयोजना हुने ऊक्त कार्यत्रम बुधबार बिहान १० बजेदेखि प्रारम्भ हुनेछ । कार्यक्रममा लाइभ ब्यान्ड, गायक–गायिकाको कन्सर्टका साथै डिजे पार्टी सञ्चालन गरिने आयोजक संस्थाका प्रमुख दिनेश शाहीले बताएका छन् । 

फागुपूर्णिमा मेला

 कास्की जिल्लास्थित अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थल बिरेठाँटीमा फागुपूर्णिमाको अवसरमा मेला लाग्दैछ । चैत ५ गतेदेखि ९ गतेसम्म चल्ने मेलाअन्तर्गत फागुपूर्णिमा दिन विशेष कार्यक्रम गरी होलीलाई विशेष बनाइनेछ । बिरेठाँटी युवा परिवार, अन्नपूर्ण–८ कास्कीले आयोजना गर्ने मेलाको आकर्षणमा लोकदोहोरी गायिका प्रीति आले, तुलसा क्षेत्री, गायक चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, जादुगर तथा कमेडी डान्सर दीपक थापा आदिको प्रस्तुति रहनेछ । त्यस क्रममा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, भलिबल प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिताका साथमा हिमाली सांस्कृतिक परिवार पोखराको सांस्कृतिक कार्यक्रम तथा ख्याति प्राप्त कलाकारद्वारा विविध सांगीतिक एवं सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिनेछ । 

स्थान : बिरेठाँटी माविको प्राङ्गण, अन्नपूर्ण गाउँपालिका कास्की

होली म्युजिकल फेस्टिभल 

रंगहरूको पर्व होलीको अवसरमा पोखरामा होली म्युजिकल फेस्टिभल हुँदैछ । चैत ६ गते बुधबार हुने फेस्टिभलमा संगीतको धुनमा रम्दै होलीलाई अविस्मरणीय बनाउन सकिनेछ । सांगीतिक कलाकार संघ नेपालले लेकसाइडको हल्लनचोकमा प्रस्तुत गर्ने ऊक्त कार्यत्रममा कन्दरा ब्याण्ड, डिमर्चा ब्याण्ड तथा भाइ गुरुङ, लेकाली ब्याण्ड, देउराली ब्याण्ड आदिले प्रस्तुति दिने बताइएको छ भने विनोद बानियाँ, आनन्द बज्राचार्य, सागर साह, प्राप्ति तुलाचन, बबी सुनार तथा डिजे सेसनले कार्यक्रममा रौनक थप्नेछ । यो होली म्युजिकल फेस्टिभल बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।  

क्रेजी बलिउड नाइट

बलिउडका सुपरस्टार डिजे एनवाइके पहिलो पटक काठमाडौं ओर्लिंदैछन् । ४० भन्दा बढी मुलुक पुगिसकेका ख्यातिप्राप्त डिजे एनवाइके आज शुक्रबार ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा प्रस्तुत हुँदैछन् । ३३ वर्षीय डिजे एनवाइकेले तीन पटक बेस्ट डिजे अवार्ड पाइसकेका छन् । भिडियो जक्की र प्रोड्युसरका रूपमा पनि उनी स्थापित छन् । उनको आगमनले बलिउड संगीत प्रेमीहरुलाई मनोरन्जन प्रदान हुनेछ ।  आज टर्टल लाउन्जमा लोडिङ ब्यान्डले पनि प्रस्तुति दिँदैछ ।

प्रकाशित :चैत्र १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्