बाबु बन्दै आर्यन सिग्देल

- साप्ताहिक संवाददाता

फाल्गुन २९, २०७५

 

अभिनेता आर्यन सिग्देल आगामी बैसाखमा बाबु बन्दैछन् । धेरै हिट चलचित्र दिइसकेका अभिनेता सिग्देल र उनकी श्रीमती सपना भण्डारीले बाबु–आमा बन्न लागेको खुसीयालीमा केहि तस्विर समेत सार्वजनिक गरेका छन् । तस्विरमा उनिहरु निकै खुसी देखिन्छन् । उनिहरुले विभिन्न पोजमा फोटोसुटनै गरेका गरेका छन् ।

धर्मपत्नी सपना भण्डारीसँग प्रेम बिबाह गरेका सिग्देल बिहे गरेको ४ बर्षपछि बाबु बन्ने लागेका हुन् । उनले २०७१ को बैसाख ६ मा  प्रेमिका सपनासँग लगन गाँठो कसेका हुन् ।

१० बर्षअघि चकलेटी अभिनेताको रुपमा नेपाली चलचित्रमा उद्योगमा स्थापित यि अभिनेता अहिले नयाँ चलचित्र चाचाहुँको छायाँकनमा ब्यस्त छन् । यसअघि उनले चलचित्र हजार जुनीसम्मको छायाँकन सकाइसकेका छन् ।

चलचित्र कायरापछि उनी फेरी चलचित्र उद्योगमा ब्यस्त भएका हुन् । यो चलचित्रपछि उनी लगत्तै नयाँ प्रोजेक्टमा ब्यस्त हुनेछन् । 

प्रकाशित :फाल्गुन २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्