वटा क्यामेरा भएको स्मार्टफोन

- साप्ताहिक संवाददाता

फाल्गुन २९, २०७५

फाइभ जी स्मार्टफोन

अन्तर्राष्ट्रिय मोबाइल कन्फ्रेन्समा विभिन्न कम्पनीले फाइभ जी नेटवर्कमा चल्ने स्मार्टफोन सार्वजनिक गरेका छन् जसअन्तर्गत जेडटीईले एक्सोन १० प्रो नामक फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको थियो । यसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भएको ट्रिपल क्यामेरा सेटअप छ । त्यसैगरी शाओमीले मी मिक्स ३ फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको थियो भने सामसुङको एक्सएक्सएल ग्यालेक्सी एस १०, मोटोरोलाको फाइभ जी मोटो मोड तथा एलजीको भी ५० आदि फाइभ जी स्मार्टफोनले धेरैका ध्यान तानेका थिए ।

५ वटा क्यामेरा भएको स्मार्टफोन

नोकिया स्मार्टफोन निर्माण एवं बिक्री गर्ने कम्पनी एचएमडी ग्लोबलले ५ वटा क्यामेरायुक्त संसारकै पहिलो स्मार्टफोन नोकिया ९ प्युअर भ्यू सार्वजनिक गरेको छ । यसको पछिल्लो भागमा ५ वटा क्यामेरा छन् र ती सबै क्यामेरा १२ मेगापिक्सेलका छन् । यो स्मार्टफोनमा ५ दशमलव ९९ इन्च टुके स्क्रिन, क्वालकम स्न्यापड्रागन ८ सय ४५ प्रोसेसर र ६ जीबी र्‍याम छ । आगामी मार्चदेखि बिक्री प्रारम्भ हुने यो फोनको अन्तर्राष्ट्रिय बजार मूल्य ६ सय ९९ डलर हुने बताइएको छ । 

१८ हजार एमएएच 

ब्याट्रीयुक्त स्मार्टफोन

फ्रान्सको एभेनियर टेलिकमको लाइसेन्स प्रयोग गर्ने एनर्जाइजर ब्रान्डले १८ हजार एमएएच ब्याट्री क्षमता भएको स्मार्टफोन सार्वजनिक गरेको छ । यति शक्तिशाली ब्याट्री जडान गरिएको यो विश्वकै पहिलो स्मार्टफोन हो । पावरम्याक्स पी१८के पप नामक उक्त स्मार्टफोन एकपटक चार्ज गरेपछि एक सातासम्म चलाउन सकिने कम्पनीको दाबी छ । यसमा दुई दिन अर्थात् ४८ घण्टासम्म लगातार भिडियो हेर्न सकिन्छ । ६ दशमलव २ इन्चको एलसीडी डिस्प्लेले यसलाई थप सानदार बनाएको छ । यो फोनमा दुई सेल्फी क्यामेरा र ब्याक प्यानलमा तीन क्यामेरा छन् । यसमा ६ जीबी र्‍याम तथा १ सय २८ जीबी स्टोरेज छ । कम्पनीका अनुसार यो स्मार्टफोन १८ मिलिमिटर बाक्लो छ, जुन तीनवटा आइफोन मिलाएजति मोटो हो । यसलाई ३० मिनेटमा ८५ प्रतिशत चार्ज गर्न सकिन्छ । यो फोन आगामी जुन महिनामा सार्वजनिक गरिने र त्यसको अन्तर्राष्ट्रिय बजार मूल्य ६ सय युरो हुने बताइएको छ । 

प्रकाशित :फाल्गुन २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्