नागरिकताको सवालमां २०४७ को संविधानलाई मान्नु पर्छ 

- साप्ताहिक संवाददाता

फाल्गुन २९, २०७५

 

दुई दिन आइरन लगाए पनि अंग्रेजी अक्षर एस बाङ्गाको बाङ्गै भनेजस्तै नागरिकता विधेयकको विभेदकारी व्यवस्थाका सम्बन्धमा यत्तिको बहस र पीडितसँग समितिमै छलफलपछि पनि संसद्को राज्य व्यवस्था समितिका सांसदहरू महिला र पुरुषलाई सन्तानमाथि समान अधिकार दिने विषयमा अनभिज्ञ देख्दा अचम्मै लाग्यो । 

अशोक दाहाल 

यो अज्ञानीलाई कसैले बुझ्ने गरी बुझाइ दिए काठमाडौं आएका बेला (बुझाउन सक्नेहरू त्यहीँ हुनुहोला भनेर) दुई दिन बिनाज्याला भाँडा माझिदिन्छु । सिक्किम र फिजीमा ‘करण’ भएको त्यहाँ विशेष परिस्थितिमा भएका बालबालिकालाई आमाका नाममा नागरिकता दिएर नै हो त ? होइन भने ठाडै भ्रमको खेती किन ? 

केदार शर्मा 

सरकार, भाञ्जा–भाञ्जी र ज्वाइँ–भिनाजुलाई दक्षिणा दिने हो, नागरिकता होइन । छिमेकीले दिएको रासनको भर्पाइ हामीले गोर्खा जवान दिएका छौं, तपाईंले पाउनु भएको रासनको भार चैं देशले तिर्नु पर्ने ? 

जय प्रकाश

नागरिकताका बारेमा बोल्ने कोही छैन ? अंगिकृतेको शासन चाहिनेहरू नै हुन् नागरिकताका सम्बन्धमा नबोल्ने । 

हिप्पीकान्छो 

अर्थको अनर्थ लगाएर नागरिकतालाई विदेशीको हातमा पुर्‍याउनु भनेको नेपालमा नेपालीको दुर्दशा सुरु हुनु हो । कुनै पनि नेपालीले नागरिकताबाट वञ्चित हुनु नपरोस् तर त्यसको फाइदा गैर नेपालीले नउठाओस् । 

जंशी निशान 

आईएनजिओको तलब र भोज खाएर घर नै प्रदूषित हुने गरी डकार्नेहरूलाई के थाहा त्यो प्रदूषित वायुले कालान्तरमा आफैंलाई क्यान्सर लाग्छ भन्ने कुरा । कुकुरलाई खान दिनुभन्दा अगाडि घर घुमेर आइज भन्दा बिजुलीको गतिमा घुमेर आएजस्तो व्यवहार देखाउनेहरूलाई आफ्नो स्वाभिमानको मतलब हुँदैन । 

खगेन्द्र ढकाल

‘सब रोगको एक इलाज हजुर, आउनुस् यो तेल मालिस गर्नुस् सब ठिक हुन्छ’ सडक पेटीमा माइक लाएर तेल बेच्ने धुर्त पसले र ‘नेपालको सबै समस्याको हल नेपाली नागरिकता चकलेट झैं वितरण र देशको इशाइकरण गरेर हुन्छ भन्ने काउरेस र काउरेटहरू उउटै हुन् । 

म.प.

जसको नीति, सिद्धान्त र नेता नै विदेशी हुन्छन्, ती बिकाउ हुन्छन् । केही थान भाडाका टट्टु किनेर यिनीहरू वा–वा सुन्न मन पराउँछन् । आमा, बाउ, संस्कृति, धर्म जे नि बेच्न तयार यस्ताहरूमात्र पद र शक्तिका भोका हुन्छन् । यिनीहरूलाई नागरिकता कुन ठूलो कुरा भो ? 

अल्छीको राजा

आमा, दिदी, बहिनी वा छोरीको साइनो देखाएर नागरिकतामा भावनात्मक ब्ल्याकमेलिङ गर्न पाईंदैन, भुटानको प्रसंगसँग कुनै ताल्लुक छैन नेपालको नागरिकताको । 

संगीत चितवने 

नागरिकताको कुरामा चाहिं २०४७ को संविधानलाई मान्नु पर्छ । त्यो प्रयोग सफल छ देशका लागि । 

प्राज पोखरेल 

आउनुस्, आउनुस्, आउनुस्, सिन्दूर लगाउनुस्, नागरिकता लैजानुस् । 

मञ्जिल गौतम

आमाले पनि बाबुले झैं आफ्ना सन्तानलाई सजिलै नागरिकता दिलाउन सक्ने कानुन बनाउनुपर्छ भन्ने महिलाहरूको माग हो, हाम्रा छोरा–छोरीको माग हो ।

अर्चना थापा

सवाल अंगीकृत नागरिक कार्यकारी तहमा पुग्ने कि नपुग्ने मात्र होइन । सवाल आप्रवासीलाई किलोका किलो नागरिकता कहिलेसम्म बाँडिरहने भन्ने हो । 

सञ्जीव उपाध्याय 

वर्षौंदेखि वर्गीय मुक्तिका कुरा ऊठ्दै आए तर वास्तवमा महिलालाई वर्गियताबाट मुक्त हुन वा मुत्त भए भन्न कोही चाहँदैनन् र चाहेका पनि छैनन् । 

मोहना अन्सारी 

वंशज बाहेकका नागरिकता खारेज गरे टन्टै साफ । इन्डियनलाई नेपाली हुन कत्रो रहर ? हामीलाई त इन्डियन भन्ने भने लाज पो लाग्छ । 

वशिष्ट 

हाम्रो भोट लिएर हाम्रो आचरणको नियन्त्रक बनेका, आमाको नामबाट नागरिकता दिए व्यभिचार बढ्छ भन्नेहरूलाई चिनौं । यिनैको डरले, अर्को पटक पार्टीको उच्चस्तरीय कमिटिमा पर्दिनँ कि, टिकट पाउँदिनँ कि भन्ने सोचेर नबोल्ने महिला सांसदहरूलाई त झनैं चिनौं, अर्को चुनावका लागि । 

सावित्री गौतम

प्रकाशित :फाल्गुन २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्