टीबी स्टोरेजको  मेमोरी कार्ड

- साप्ताहिक संवाददाता

फाल्गुन २८, २०७५

माइक्रोन तथा स्यानडिस्कले १ टीबी अर्थात् १ हजार २४ जीबी स्टोरेज क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेका छन् । उक्त मेमोरी कार्डले पर्याप्त पर्फमेन्स दिन्छ र यसमा फोरके भिडियो पनि रेकर्ड गर्न सकिन्छ ।

स्यानडिस्कको मेमोरी कार्डले १ सय ६० एमबीपीएसको रिड स्पिड र ९० एमबीपीएसको राइट स्पिड तथा माइक्रोनको मेमोरी कार्डले १ सय एमबीपीएसको रिड स्पिड र ९५ एमबीपीएसको राइट स्पिड दिने दाबी गरिएको छ ।

स्यानडिस्कको मेमोरी कार्डको अन्तर्राष्ट्रिय बजार मूल्य ४ सय ५० डलर छ भने माइक्रोनको मेमोरी कार्डको मूल्य भने सार्वजनिक गरिएको छैन । 

प्रकाशित :फाल्गुन २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्