अर्की स्टार किड

- साप्ताहिक संवाददाता

फाल्गुन २८, २०७५

भोजपुरी चलचित्रका मेगास्टार रवि किसनकी छोरी रीवा किसन पनि चलचित्रमा पदार्पण गर्दैछिन् । रीवा किसनको पहिलो चलचित्र सब कुसल मंगल है को शुभमुहूर्त गत शनिबार झारखण्डको राजधानी राँचीमा गरिएको छ ।

आफ्नी छोरीको पहिलो चलचित्रको शुभमुहुर्तका अवसरमा रवि किसन आफ्नी श्रीमती प्रीति शुक्लाका साथ उपस्थित थिए । उक्त अवसरमा पद्मिनी कोल्हापुरी, निर्देशक करण कश्यप तथा चलचित्रका अभिनेता प्रियांक शर्मासमेत देखिन्थे ।

रीवासँग जोडी बनाउन लागेका प्रियांक शर्मा पद्मिनी कोल्हापुरीका छोरा हुन् । 

प्रकाशित :फाल्गुन २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्