एवार्डै एवार्ड

- साप्ताहिक संवाददाता

फाल्गुन २८, २०७५

अभिनेता श्रीदेव भट्टराईका लागि वर्ष २०७५ भाग्यशाली सावित हुँदै गएको छ । दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेका यी अभिनेता चलचित्रमा समेत उक्तिकै सत्रिय छन् । न्यू जेनेरेसन, ढुंगे युग–२, छल, चाल, बिरानो माया, कुइँनेटो, सुकुलगुन्डाजस्ता चलचित्रमा अभिनय गरिसकेका यी अभिनेतालाई हालै एउटा संस्थाले वार्षिक ५ लाख रुपैयाँ पारिश्रमिक दिँदै ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

अधिकांश गायक–गायिकाका गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका यी अभिनेताले यो वर्ष वितरण गरिएका प्रायः सबै म्युजिक एवार्डमा सर्वोत्कृष्ट पुरुष मोडलको एवार्ड जितेका छन् ।

यसक्रममा उनले चलचित्र विरानो मायाको उत्कृष्ट भूमिकाका लागि मोडल सङ्स नेपाल, पेजेन्ट नेपाल तथा इनास दुबईबाट उत्कृष्ट अभिनेताको एवार्ड हात पारे भने क्यापिटल म्युजिक एवार्ड, सगरमाथा म्युजिक एवार्ड, म्युजिक खबर म्युजिक एवार्ड, छायाँछवि इन्टरनेशनल एवार्डमा सर्वोत्कृष्ट भिडियो मोडलको एवार्ड जिते । ‘यी सबै एवार्डलाई मैले आफ्नो कामको मूल्यांकनका रूपमा लिएको छ, श्रीदेव भन्छन्— अहिले म म्युजिक भिडियो र चलचित्रमा तालमेल मिलाएर काम गरिरहेको छु । 

प्रकाशित :फाल्गुन २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्