धनुरासन

- साप्ताहिक संवाददाता

फाल्गुन २७, २०७५

    पेटको बलमा सुत्ने । 

    दुवै हातले गोडाको नली हाड समाउने । 

    श्वास भर्दै गोडा र हात तन्काउने । 

    नाभीलाई जमिनमा टेकाउने । 

    शरीरलाई धनुष जस्तो बनाएर क्षमतानुसार १० देखि ३० सेकेन्डसम्म श्वास रोक्ने । 

    श्वास छाड्दै पूर्व स्थितिमा आउने ।

फाइदा 

    मेरुदण्ड लचिलो, सबल एवं स्वस्थ रहन्छ । 

    गर्धन, ढाड एवं कम्मरको समस्यामा लाभ मिल्छ । 

    छाती पुष्ट एवं आकर्षक देखिन्छ । 

    अनुहारमा रक्त प्रवाह बढेर चमक आउँछ । 

    शारीरिक स्फूर्ति बढ्छ । 

    महिलाहरूको महिनावारीको समस्यामा लाभ हुन्छ । 

    आलस्यता एवं अल्छीपन हट्छ । 

    पिसाबसम्बन्धी समस्यामा लाभ मिल्छ । 

    बालबालिकाहरूले निदाएका बेला थाहै नपाई पिसाब फेर्ने समस्या समाधान हुन्छ ।

 

प्रकाशित :फाल्गुन २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्