फाइभजी टेक्नोलोजीयुक्त इलेक्ट्रिक कार

- साप्ताहिक संवाददाता

फाल्गुन २६, २०७५

अन्तर्राष्ट्रिय मोबाइल कन्फ्रेन्समा स्पेनिस अटोमोबाइल निर्माता सिएटले भविष्यको इलेक्ट्रिक कार प्रदर्शन गर्‍यो । उक्त कारको टप स्पिडलाई चालकको उमेर अनुसार सेट गर्न सकिन्छ ।

यदि चालकको उमेर १६ वर्ष छ भने यसको गति ४५ किलोमिटर र १८ वर्ष छ भने ९० किलोमिटर प्रतिघण्टाको गतिले चलाउन सकिन्छ । यो कारलाई बोलेर पनि नियन्त्रण गर्न सकिन्छ । मिनिमो इलेक्ट्रिक अर्वान नामक यो कारमा कम्फर्ट र सेफ्टीमा विशेष ध्यान दिइएको छ ।

यो हाइपर कनेक्टेड कारमा फाइभजी टेक्नोलोजी प्रयोग गर्न सकिन्छ । यसको अघिल्लो भागमा मोटरसाइकलको जस्तो सिंगल हेडलाइट छ । यसमा ड्राइभरसहित दुई जना बस्न मिल्छ ।

प्रकाशित :फाल्गुन २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्