गर्भ छिटा

- साप्ताहिक संवाददाता

फाल्गुन २५, २०७५

अनामनगरस्थित मण्डला नाटक घरमा हिजो फागुन २४ देखि ३० गतेसम्म गर्भ छिटा नाटक प्रदर्शन हुँदैछ । यो नाटक कर्णालीमा गर्भमै हुँदा छोराछोरीको विवाह पक्का गर्ने प्रचलनले समाजमा निम्त्याएको विकृति र विशेष गरी महिलाको पीडामा केन्द्रित छ ।

नाटकमा कर्णालीको मौलिक कला, संस्कृति, संगीत, वेशभूषा तथा रहनसहनसमेत हेर्न पाइनेछ । यो नाटक काठमाडौंका दर्शकका लागि दुर्गम हिमाली जिल्लाको रहनसहनसमेत बुझ्ने दुर्लभ अवसरसमेत हुनेछ । यो नाटकमा हिरा बिजुली नेपालीको लेखन तथा निर्देशन छ । साँझ ५ बजे सुरु हुने यो नाटक कर्णाली आर्ट्स सेन्टरले मञ्चन गर्न लागेको हो । 

प्रकाशित :फाल्गुन २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्