ब्याक टु ब्याक 

- साप्ताहिक संवाददाता

फाल्गुन २४, २०७५

एउटा पनि चलचित्र प्रदर्शन नहुँदै तीनवटा चलचित्रमा अभिनय गर्ने अभिनेत्री हुन्— शिल्पा मास्के । उनको पहिलो चलचित्र द ब्रेकअप यसै साता प्रदर्शनमा आएको छ  । यो चलचित्र सिनेमा हलमा आएको तीन सातापछि (चैत ८) नै उनको दोस्रो चलचित्र कागजपत्र दर्शकमाझ आउनेछ ।

यी दुई चलचित्रको प्रदर्शन प्रारम्भ नहुँदै शिल्पाले तेस्रो चलचित्र ‘सानो मन’ मा अभिनय गर्न थालिसकेकी छिन् । एकपछि अर्को गर्दै लगातार तीनवटा चलचित्रमा अभिनय गरिसकेकी शिल्पासँग अहिले पनि झन्डै एक दर्जन चलचिक्रका स्त्रिप्ट हातमा छन् । ‘धेरै चलचित्रबाट प्रस्ताव आइरहेको छ, साप्ताहिकसँगको भेटमा उनी भन्दै थिइन्— ‘तर अब भने छानेर मात्र चलचित्रमा अभिनय गर्नेछु ।’

शिल्पाले आफ्ना तीन चलचित्रमा तीन भिन्न भूमिका निर्वाह गरेको बताइन् । शिल्पाले यी तीनै चलचित्रमा तीन भिन्न अभिनेतासँग अनस्क्रिन रोमान्स गरेकी छिन् । ब्रेकअपमा उनी आशिरमान देशराज जोशीसँग छिन् भने कागजपत्रमा उनलाई नाजिर हुसेनले साथ दिएका छन् । सानो मनमा उनी आयुष्मान देशराज जोशीको जोडीका रूपमा काम गरिरहेकी छिन् । 

प्रकाशित :फाल्गुन २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्