चलचित्र खाग आजबाट प्रदर्शन 

- साप्ताहिक संवाददाता

फाल्गुन २४, २०७५

चलचित्र खागको प्रदर्शन आज शुक्रबार प्रारम्भ भएको छ । कमलजंग कुँवरद्वारा लिखित ‘गैडालाई चार वर्ष’ पुस्तकमा आधारित यो चलचित्रमा प्रवीण खतिवडा मुख्य भूमिकामा छन् । चलचित्रमा खतिवडा लेखक कुँवरको भूमिकामा देखापर्छन् ।  

मनोज पण्डितकले निर्देशन गरेको चलचित्र खागकी निमात्रीमा प्रमिला कुँवर हुन् । खाग एउटा इमान्दार एवं संघर्षशील व्यक्तिमा आधारित चलचित्र भएको निर्देशक पण्डित बताउँछन् । पण्डितका अनुसार खाग एउटा प्रतीक हो, जसले हाम्रो समाजमा भ्रष्टाचार र तस्करी व्याप्त छ र त्यसबाट मुक्त हुन विरोध गर्ने मानिसहरू पनि छन् भन्ने कुरा प्रस्तुत गर्नेछ । 

चलचित्रमा निर्देशक पण्डित, दीपा पन्त, पुष्कर गुरुङ, अशान्त शर्मा आदि कलाकारले अभिनय गरेका छन् । हेटौंडा, चितवन तथा नवलपरासीका विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रमा दीपक बज्राचार्यको छायांकन तथा पदम तिमल्सिनाको सम्पादन हेर्न पाइन्छ । चलचित्र खागको निर्माणमा ४५ लाख खर्च भएको पण्डितले जानकारी दिए । 

प्रकाशित :फाल्गुन २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्