जो सामाजिक सञ्जालबाट टाढा छन्

- नरेन्द्र रौले

फाल्गुन २३, २०७५

गायक बच्चुकैलाशको स्वभाव पनि अनौठो छ । मोबाइल नबोक्ने, सामाजिक सञ्जाल नचलाउने उनी कसैलार्ईर् अन्तर्वार्तासमेत दिन मान्दैनन् । उनी सार्वजनिक, सभा–समारोहमा पनि देखा पर्दैनन् । आफ्नो तस्बिर खिचाउन समेत मान्दैनन् । उनका सहकर्मी पुष्प नेपालीको निधनपछि तेर्‍हौं पुण्य तिथिमा सञ्चारकर्मी नवराज लम्सालले रेडियो तथा टेलिभिजनका लागि अन्तर्वार्ता लिन चाहे । लम्सालले कैयौं पटक आग्रह गर्दा पनि बच्चुकैलाश बोल्नै मानेनन् । त्यस्तै गायक माणिकरत्नले पनि बच्चुकैलाशकै पथ पछ्याएका छन् । 

 

कम्प्युटर चलाउँदा होस् वा मोबाइल चलाउँदा, पहिलो…–दोस्रो स्टेपमा फेसबुक, ट्विटर नचलाउने कमै हुन्छन् । यस्तो लाग्छ, सामाजिक सञ्जाल अचेल दाल–भातजत्तिकै अनिवार्य भैसकेको छ । अधिकांश व्यक्तिको दैनिकी सामाजिक सञ्जालबाटै सुरु हुन्छ भने राति विश्राम लिनुअघि एकपटक सामाजिक सञ्जाल चहार्ने लत नै बसिसकेको हुन्छ । नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको संख्या बढिरहेको छ । ‘सामाजिक सञ्जालले समाजमा सकारात्मकभन्दा नकारात्मक विषयलाई बढावा दिएको’ भन्दै सरकारले संघीय संसदमा ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ दर्ता गरेको छ, जसमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले सूचना–प्रविधि विभागमा दर्ता हुने व्यवस्था उल्लेख छ । हाल सञ्चालनमा आएका फेसबुक, ह्वाट्सएप, ट्विटर, लिंक्डइन, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरू नेपालमा दर्ता भएपछि मात्र चलाउन पाइनेछ । कानुनले तोकेभन्दा बाहिर गएर जथाभावी सामाजिक सञ्जालमा कसैले केही लेखे १५ लाख रुपैयाँ जरिवाना वा ५ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । 

सरकारले नयाँ विधेयक दर्ता गरिरहँदा हामीले त्यस्ता केही पात्र खोजेका छौं, जो सामाजिक सञ्जालबाट टाढै छन् । तिनैमध्येका एक हुन्, लेखक कुमार नगरकोटी । फोसिल, दोचा, अक्षरगन्ज, मिस्टिका, घाटमाण्डु, मोक्षान्त : काठमाडौं फिभरजस्ता पुस्तकका लेखक नगरकोटी फेसबुक, ट्विटरको दुनियाँबाट टाढा छन् । आफूलार्ई ‘असामाजिक प्राणी’ भन्न रुचाउने नगरकोटी जो कसैसँग पनि फोनकै माध्यमबाट भेटघाट गर्छन् । प्रायः कोठामै बसेर लेख्न, पढ्न रुचाउने नगरकोटी खाली समय गुगल र युट्युबमा बिताउँछन् । लेखक नगरकोटीको नजरमा फेसबुक, ट्विटरले समयको बर्बादी माक्र गर्छ । त्यति मात्र होइन, शत्ति र सिर्जना पनि मारिदिन्छ । ‘स्टाटस र तस्बिरमा कसले कति लाईक गर्‍यो, कसले कमेन्ट गर्‍यो भनेर बस्दा समय बरबाद हुन्छ ।’

सामाजिक सञ्जालमा आउने कुरा नगरकोटीलार्ईर् एकदम सतही लाग्छ । उनको बुझाइमा तिनमा गम्भीर विषयवस्तु केही हुँदैन । नगरकोटी अनलाइन सञ्चारमाध्यमहरू पनि हेर्दैनन्, बरु छापा पढ्नमै उनलार्ईर् मज्जा लाग्छ । प्रकाशकलार्ईर् आफ्नो पुस्तकको पाण्डुलिपि उनी हातैले लेखेर बुझाउँछन् । नगरकोटीलार्ईर् कम्प्युटरमा टाइप गर्नसमेत आउँदैन । आफ्नो रुचि नभए पनि केही सहयोगी साथीले नगरकोटीको फेसबुक, ट्विटर एकाउन्ट खोलिदिएका थिए, तर उनी त्यसमा भिज्न सकेनन् । उनका एक साथीले कम्तीमा इमेल त चलाऊ भनेर आग्रह गर्दा नगरकोटीले रमाइलो जवाफ दिएका थिए— इमेल के चलाउनु ? बरु फिमेल भए चलाउँथें । 

नगरकोटीका अभिन्न मित्र लेखक तथा वृत्तचित्र निर्माता शेखर खरेल पनि सामाजिक सञ्जालबाट टाढै छन् । शेखर बिहानीको सुरुवात चिया, कफी पिउँदै इमेल चेक गरेर गर्छन् । विभिन्न अनलाइन समाचार साइटहरू चहार्छन् । उनका लागि साथीभाइ, आफन्त भेटघाट गर्ने सबैभन्दा प्रभावकारी माध्यम भनेको फोन र इमेल नै हो, तर फेसबुक र ट्विटरको दुनियाँमा भने उनले छिर्नै चाहेनन् । खरेललाई यसबाट कुनै कुरा छुटेजस्तो पनि लाग्दैन । खरेलका लागि उपयोगी हुने खालका लेख इमेलमै आउँछन् । पत्रकार दीपक अधिकारी, केदारभक्त माथेमा आदिले कतै राम्रा लेख भेट्दा त्यसको लिंक उनको इमेलमा पठाइदिन्छन् । शेखर भर्चुअलभन्दा रियल भेटघाटमा बढी विश्वास गर्छन् । यसले उनको सम्पर्क टुट्न पाउँदैन । शेखर कोलाहलबाट पर रहेर आफ्नो काममा रमाउन चाहन्छन् । ‘काठमाडौं अचम्मको सहर हो ।’ उनले भने, ‘जहाँ लुक्न पनि सजिलो छ, मानिस भेट्न पनि सजिलो छ ।’ सामाजिक सञ्जालमा नहुँदा उनी अझ बढी ‘सेलेक्टेड’ भएका छन् । समयको सदुपयोग गर्न अझ सजिलो भएको छ । शेखरलार्ईर् थाहा छ, सामाजिक सञ्जालका फाइदा पनि छन् । कतै सहयोग जुटाउन, रगत संकलन गर्न, सामाजिक सेवाका काम गर्न यो प्रभावकारी माध्यम हो, तर बेफाइदा पनि उक्तिकै छन् । समय र शत्ति बढी खर्च हुन्छ । जिम्मेवारी पनि उत्तिकै बढ्छ । ‘महत्त्वपूर्ण कुरा छ भने त कतै न कतैबाट आइहाल्छ नि, फेसबुक–ट्वीटर नै किन चाहियो ?’ शेखरले बतााए । 

गायक बच्चुकैलाशको स्वभाव पनि अनौठो छ । मोबाइल नबोक्ने, सामाजिक सञ्जाल नचलाउने उनी कसैलार्ईर् अन्तर्वार्तासमेत दिन मान्दैनन् । उनी सार्वजनिक, सभा–समारोहमा पनि देखा पर्दैनन् । आफ्नो तस्बिर खिचाउन समेत मान्दैनन् । उनका सहकर्मी पुष्प नेपालीको निधनपछि तेर्‍हौं पुण्य तिथिमा सञ्चारकर्मी नवराज लम्सालले रेडियो तथा टेलिभिजनका लागि अन्तर्वार्ता लिन चाहे । लम्सालले कैयौं पटक आग्रह गर्दा पनि बच्चुकैलाश बोल्नै मानेनन् । त्यस्तै गायक माणिकरत्नले पनि बच्चुकैलाशकै पथ पछ्याएका छन् । माणिकरत्न सामाजिक सञ्जालबाट टाढा छन् । उनी अन्तर्वार्ता दिन समेत रुचाउँदैनन् । 

पुराना पुस्ता मात्र होइन, नयाँ पुस्ताका केही तन्नेरी पनि सामाजिक सञ्जालबाट टाढै छन् । अम्बे ग्रुप अफ कम्पनीजका निर्देशक शिवाज न्यौपाने तिनैमध्येका एक हुन् । अमेरिकाको युनिभर्सिटी अफ इलोन्वाईबाट ब्याचलर्स इन म्यानेजमेन्ट तहको अध्ययन पूरा गरेका न्यौपानेको सोच आम युवाको भन्दा भिन्न छ । ऊनी सामाजिक सञ्जालमा कम सक्रिय छन् । सामाजिक सञ्जालमा कम सत्रिय हुँदा आफ्नो पूरै समय काम र स्व–अध्ययनमा खर्चिए । अझ बढी काम गरौं जस्तो लाग्यो । त्यसमा उनी सफल पनि भए । यसबीच प्रशस्त पुस्तक पढे । कार्यालयलार्ईर् समय दिन भ्याए । ‘दिनको १४ घण्टा खटेर काम गरें,’ न्यौपानेले भने, ‘आफू र कार्यालयलार्ईर् नै समय दिइयो ।’ न्यौपाने फुटसल, स्वीमिङ तथा बास्केटबलमा रुचि राख्छन् । अध्ययनका क्रममा चार वर्ष अमेरिकामा बिताएका शिवाज कहिलेकाहीं आफ्नी आमाको आइप्याड चलाउँछन् । त्यो पनि खाना खाँदा वा चिया पिउँदा मात्र । उनी बढीजसो सिएनएनको समाचार पढ्छन् । शिवाजको विचारमा सामाजिक सञ्जाल चलाउँदा खासै नयाँ कुरा सिकिँदैन । उनलार्ईर् अधिकांशको लेख्ने शैली, टाइमलार्ईनमा पोष्ट हुने विषयवस्तु उस्तै लाग्छन् ।

मार्टिन चौतारीमा आबद्ध अध्येता भाष्कर गौतमले अहिलेसम्म फेसबुक एकाउन्ट खोलेका छैनन् । साथीभाइहरूसँग भेट हुँदा जब उनीहरूले फेसबुककै कारण आफ्नो समय बर्बाद भएको सुनाउँछन्, तब गौतमलार्ईर् आफूले फेसबुक नखोलेर सही निर्णय गरेछु जस्तो लाग्छ । अध्ययनका क्रममा जापानमा छँदा उनले एक पटक ट्विटर एकाउन्ट खोले, त्यो पनि नेपालमा भएको संविधानसभाको निर्वाचनको नतीजासँग अपडेट हुन मात्र, पछि त्यो पनि चलाउन छाडिदिए । गौतम आफूलार्ईर् ‘लहडको पछि नलाग्ने व्यक्ति’ भन्न रुचाउँछन् । गौतम अरूले जे गर्‍यो त्यही बाटो पछ्याउन रुचाउँदैनन् ।

बरु अध्ययन, अनुसन्धानमै आफूलार्ईर् व्यस्त राख्न चाहन्छन् । सामाजिक सञ्जालबाट टाढा हुँदा उनलार्ई  कुनै कुरा छुटे जस्तो लाग्दैन । आफू पछि परेजस्तो पनि लाग्दैन । बरु आफ्नो रुचिका विषय खोजीखोजी पढ्न पछि पर्दैनन् । ‘सामाजिक सञ्जाल सुरु हुनुभन्दा अघि पनि खोजेरै आफ्नो रुचिका सामग्री पढिन्थ्यो ।’ गौतम भन्छन्, ‘मलार्ईर् यसले खासै ठूलो प्रभाव पारेको छैन ।’ अरूले के पढ्छन्, त्यसमा उनलार्ईर् चाँसो छैन । गौतम आफ्नो रुचिका विषय मात्र पछ्याउँछन् । भेटघाट हुँदा कतिले गौतमसँग ‘फेसबुक आइडी छ ?’ भनेर सोध्छन् । ‘छैन’ भनेर जवाफ दिँदा कतिले गुनासो पनि गर्छन् । उनलार्ईर् भेटघाट र सम्पर्कका लागि मोबाइल फोन नै पर्याप्त लाग्छ । गौतमले नियमित पढ्ने अनलार्ईन हो, एएलडेली । यसमा हरेक दिन संसारका प्रतिष्ठित मिडियाबाट छानिएका तीनवटा लेख प्रकाशित हुन्छन् । अन्य पत्रपत्रिका तथा म्यागजिनको लिंक पनि यसमै हुनाले पढ्न अझ सजिलो छ । 

नागरिक आन्दोलनका अगुवा तथा मानव अधिकारवादी कृष्ण पहाडी मोबाइल फोन बोक्दैनन् । उनी सामाजिक सञ्जालमा पनि भेटिँदैनन् । उनलार्ईर् सामाजिक सञ्जालमा जोडिन मन लागेन । पहाडी आफ्नै सुरमा अघि बढिरहे । मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष पहाडीको विचारमा जीवनलार्ईर् सहज बनाउन, समय बचाउन सूचना तथा प्रविधिको सदुपयोग गर्नुपर्छ तर यसको दुरुपयोग हुनु हुँदैन । फेसबुकमा गाली गर्नेहरू, धम्की दिनेहरू उनको नजरमा ‘अर्ध अपराधीहरू’ हुन् । पहाडीका अनुसार त्यस्ता व्यक्तिहरूबाट जोगिनुपर्छ । २०७१ मा उनले मानवअधिकार तथा शान्ति समाजका सदस्यहरूलार्ईर् फेसबुक, ट्विटर कसरी खोल्ने, कसरी चलाउने भनेर तालिम दिएका थिए । यद्यपि पहाडी आफैंले भने निजी एकाउन्ट खोलेनन् ।

किन सामाजिक सञ्जालप्रति पहाडीको मोह भएन ? ‘मेरो अरूसँग भन्दा पनि आफैंसँग बढी काम भयो ।’ उनले सुनाए, ‘मोबाइल र सामाजिक सञ्जालमा झुन्डिँदा गार्‍हो हुन्छ । यो बिना पनि जीवन चलेकै छ ।’ उनले आफ्नो व्यस्त दैनिकीको बेलिविस्तार लगाए । लेखनमा तीन घण्टा, अध्ययनमा एक घण्टा, इन्टरनेटमा दुई घण्टा, टेलिभिजनमा दुई घण्टा र बाँकी चार घण्टा कार्यालयमा बित्छ । २६ वटा पुस्तक प्रकाशित गरिसकेका पहाडी आइप्याडमा इन्टरनेट चलाउँछन्, इमेल चेक गर्छन् । उनलार्ईर् महसुस हुन्छ, प्रविधि धेरै मात्रामा वरदान र थोरै मात्रामा अभिशाप बनेको छ । यसको प्रयोगबिना अबको पुस्ताको जीवन असम्भव नै छ । तैपनि उनमा मोबाइल बोक्ने, सामाजिक सञ्जालमा जोडिने रहर छैन । आफ्नो एकाग्रता र स्वतन्त्रतामा दख्खल नपरोस् भनेर पनि उनी यसबाट टाढै बस्न चाहन्छन् । 

प्रकाशित :फाल्गुन २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्