महँगो जुत्ता

- साप्ताहिक संवाददाता

फाल्गुन २२, २०७५

मानिसले प्रयोग गर्ने एसेसरिजहरूमा जुत्ता सबैभन्दा पुरानो मानिन्छ । यही जुत्तालाई मानिसहरूले आफ्नो रुचि र सौखसमेत मान्दै आएका छन् । यसै क्रममा संसारको सबैभन्दा महँगो जुक्ता बित्री भएको छ ।

दुबईको बुर्ज अल अरब होटलमा गरिएको उक्त किनबेचमा एउटा जुत्ताले २ करोड ३६ लाख डलर मूल्य पाएको छ । शुद्ध सुन तथा १ सयभन्दा बढी हिरा जडान गरेर तयार पारिएको उक्त जुत्ता दुबईका एक व्यापारीले खरिद गरेका हुन् ।

यूएईको प्रसिद्ध जुत्ता कम्पनी जादा दुबई एन्ड ज्वेलर्समार्फत् बिक्री गरिएको उक्त जुत्तालाई अहिलेसम्मकै सबैभन्दा महँगो जुत्ता मानिएको छ ।

प्रकाशित :फाल्गुन २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्