पसिनाको दरबारमा छुल्ठिमको आइटम

- साप्ताहिक संवाददाता

फाल्गुन २२, २०७५

वैशाख २७ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘पसिना’को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको मुख्य भूमिकामा नायक गौरव पहारी र नायिका अनु शाहले काम गरेपनि यो गीतको भिडियोमा भने नायिका छुल्ठिम गुरुङलाई फिचरिङ गरिएको छ ।

‘सुनैको दरबार’ बोलको गीतमा मिना निरौलाको स्वर समावेश छ । गीतमा दिपक शर्माको संगीत छ भने निर्देशक आर.बी.के खत्रीको शब्द छ । निरज काडेलको छायांकन रहेको गीतको भिडियोमा भरत रेग्मीको सम्पादन छ ।

यो चलचित्रले पसिनाका लागि राम्रो मनले कर्म गर भन्ने कथालाई उठान गरेको छ । चलचित्रमा सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला लगायतका कलाकारको मुख्य भूमिका छ । सञ्जय महत्तो कार्यकारी निर्माता रहेको चलचित्रमा शान्ता ढकालको लगानी छ ।

सुनैको दरबारको भिडियो :

प्रकाशित :फाल्गुन २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्