कोमललाई के प्यारो ? 

- साप्ताहिक संवाददाता

फाल्गुन २१, २०७५

गायिकाबाट राजनीतिज्ञ भएकी कोमल वलीले विगतमा गीत मात्र गाइनन्, एउटा चलचित्रमा अभिनेत्रीका रूपमा अभिनयसमेत गरिन् । यद्यपि ‘राजनीति’ शीर्षकको उक्त चलचित्रमा अभिनय गरेपछि कोमलले अभिनयलाई निरन्तरता दिने हिम्मत गरिनन् । रमाइलो कुरा के रह्यो भने चलचित्र राजनीतिमा अभिनय गरेलगत्तै कोमल वास्तविक जीवनमै राजनीतिमा हामफालिन् । 

यसबीच अघिल्लो साता कोमललाई चलचित्र अभिनेत्री बनाउने श्रेय पाएका निर्देशक वसन्त निरौलासँग उनको जम्काभेट भयो । निरौलाले अनामनगरमा सञ्चालनमा ल्याएको सिने इक्यिुपमेन्ट हाउसको रिबन काट्न कोमललाई नै निम्त्याएका थिए । उक्त अवसरमा ओलीले आफैंलाई अभिनेत्री बनाउने निर्देशकलाई व्यंग्य गरिदिइन् । 

‘हुन त म वसन्तकै हिरोइन हुँ,’ निर्देशक निरौलाप्रति इंगित गर्दै कोमलले भनिन्— ‘तर मैले पहिलो पटक अभिनय गरेको चलचित्र राजनीति यस्तो हिट भयो कि चार दिनमै सिनेमा हलबाट उत्रियो ।’ कोमलको कुरा सुनेर निर्देशक निरौलाले समेत आफ्नो हाँसो थाम्न सकेनन् । आफ्नो भनाइले सबै जना हाँसेको देखेपछि गम्भीर हुँदै कोमलले भनिन्— ‘अब राजनीतिबाटै नेपाली चलचित्रको विकासमा केही गर्ने प्रण गर्छु ।’ 

 

प्रकाशित :फाल्गुन २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्