हवाईजहाजमा परदेश जानेहरुको पिडा

- साप्ताहिक संवाददाता

फाल्गुन २१, २०७५

 

गायक सुरज थापाको आवाज समेटिएको गीत हवाईजहाजको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । प्रमानन्द खरेलको शब्द रहेको गीतमा प्रकाश नेपालीको संगीत तथा गोबिन्द मधुर आचार्यको संगीत संयोजन छ । अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको गीतको भिडियो युट्युववाट सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा चर्चित अभिनेत्री ऋचा शर्मा, राज खड्का, संगीत सन्तोषको अभिनय छ । ज्ञानेन्द्र शर्माको छायांकन, विकाश ज्ञवालीको सम्पादनमा निर्माण भएको भिडियोलाई सर्जुन राइले निर्देशन गरेका हुन् । भिडियोमा परदेशमा जाने नेपालीहरुको कथा व्यथा र छोरो विदेश गएपछि घरमा रहेका आमा बुबाको दुख पिडालाइ भिडियोमा समेटिएको छ ।

यस्तो छ भिडियो

प्रकाशित :फाल्गुन २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्