शारीरिक सुगठनका नेपाल च्याम्पियन

- नरेन्द्र बस्नेत

फाल्गुन २०, २०७५

दोस्रो नेपाल च्याम्पियन राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको उपाधि ग्यालेक्सी फिटनेश, झापा(विर्तामोड)का ललित धिमालले जितेका छन् । एलाइनेट जिमको आयोजनामा शनिबार धरान, सभागृहमा सम्पन्न प्रतियोगितामा ओभरअल राउण्डमा पनि प्रथम हुँदै धिमाालले नेपाल च्याम्पियनको उपाधि जितेका हुन् । 

प्रतियोगितामा उनी ७५ केजी वजन समूहमा सहभागी भएका थिए । प्रतियोगितामा एलाइनेट जिम धरानका मनिष लिम्बू दोस्रो भए भने ग्यालेक्सी फिटनेस झापाका सुमन लिम्बू तेस्रो भए । मनीष ७० केजी तथा सुमन ६५ केजी समूहबाट प्रथम हुँदै ओभरअल राउण्डमा पुगेका थिए । 

प्रतियोगितामा बुटवलका विजेन्द्रमान श्रेष्ठले वेष्ट पोजर, न्यू फ्लेक्स एन्ड फिटनेस काठमाण्डौका नरेश मालाकारले मोष्ट मस्कुलरमेन तथा देवीबहादुर बस्नेतले बेष्ट इम्प्रुभरको पुरस्कार प्राप्त गरे । 

प्रकाशित :फाल्गुन २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्