मीना निरौलाको सानै पिरमा धिरेन शाक्य

- साप्ताहिक संवाददाता

फाल्गुन २०, २०७५

 

गायिका मिना निरौला पछिल्लो समय निक्कै चर्चामा रहेकी गायिका हुन् । नेपाली चलचित्रको पाश्र्व गायनमा व्यस्त यि गायिकाको आवाजमा एक आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार लोकराज अधिकारीको शब्द रहेको उक्त सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतकार अधिकारी र संगीतकार श्रेष्ठको सहकार्य रहेको गीत ‘तिमीले पराई ठानेपछि’ एक समय निक्कै चर्चामा थियो । 

सार्वजनिक पछिल्लो गीतको म्यूजिक भिडियो निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । म्यूजिक भिडियोमा अभिनेता धिरेन शाक्य र कमला दाहालले अभिनय गरेका छन् ।

भिडियोमा उत्सव दाहालको छायांकन र विशाल दाहालको सम्पादन रहेको छ भने, भिडियोलाइ ‘माउन्टेन म्युजिक नेपाल’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गरिएको छ ।

सानै पिरको म्यूजिक भिडियो :

 

प्रकाशित :फाल्गुन २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्