गुमनामको समय आएपछि

- साप्ताहिक संवाददाता

फाल्गुन २०, २०७५

नेपाली संगीत जगतमा अलग उर्जा सहित गजल संग्रह ‘समय आएपछि’ बजारमा आएको छ । संग्रहित एल्बममा ८ वटा गजलहरु संग्रह गरिएको छ । गजलकार धुव्र के.सि. (गुमनाम) को सृजना र संगीतकार ईश्वर खत्रीको संगीतमा सजिएका गजलहरूमा संगीत संयोजन किरण कंडेलले गरेका छन् । 

काठमाडौंको निसहाय सेवा केन्द्र शान्तिनगरमा एक कार्यक्रम सहित उक्त गजल संग्रह वरिष्ठ गायक तथा संगीतकार दिपक जंगमले विमोचन गरेका हुन् ।

डि.ए.आर मुभिजले निर्माण र बजार व्यवस्थापन गरेको उक्त एल्बमको गजल समय आएपछिको म्युजिक भिडियो म्युजिक नेपालबाट डिजिटल मिडियामा सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेलले उक्त गीतमा आफ्नो आवाज दिएका छन् । म्युजिक भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको साथमा रश्मि भट्ट, राजाराम गौतम, श्वेता गोले लगाएतको अभिनय रहेको छ । 

प्रभावन जे ले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा क्यामेरा टंक के.सि, ग्राफर विशेष मर्हजन, र सम्पादन नविन भट्टले गरेका छन् ।

गजलको म्यूजिक भिडियो :

प्रकाशित :फाल्गुन २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्