ग्य्रान्ड डग शो

- नरेन्द्र रौले

फाल्गुन २०, २०७५

 

गत शनिबार (फागुन ११ गते) जावलाखेलको फुटबल ग्राउन्डमा आयोजित डग शोको आकर्षण बेग्लै रह्यो । ‘९ औं ग्य्रान्ड डग शो’ मा कुकुरलाई माया गर्ने, कुकुर पाल्ने तथा कुकुर व्यवसायीहरूको बाक्लो उपस्थिति थियो । ३० हजार रुपैयादेखि १० लाख रुपैयासम्म पर्ने ३३ प्रजातिका कुकुरले ‘ग्य्रान्ड डग शो’ मा भाग लिए । विगतका वर्षहरूमा जस्तै यसपालि पनि बैंकर अनिल शाहले यो शोमा भाग लिए ।

‘फोटोग्राफी जस्तै कुकुर पालन पनि मेरो शोख हो ।’ उनले भने, ‘कुकुरले मानिसलाई प्रेम के हो भन्ने कुरा पनि सिकाउछ ।’ त्यस्तै आजाद बज्राचार्य आफ्नो प्यारो कुकुर रोमियोका साथ डग शोमा सहभागी थिए ।

साढे २ वर्षको रोमियो अघिल्लो वर्ष सेकेन्ड रनर्सअप भएको थियो । ३५ हजार रुपैयामा किनेको रोमियोलाई बज्राचार्यले आफ्नो सन्तान जत्तिकै माया गर्दै आएका छन् । 

डग शोमा विभिन्न क्याटागोरीमा प्रतिस्पर्धा गरिएको थियो जसमा एडल्टतर्फ ‘फस्र्ट बेस्ट इन् शो’ उत्तम कुमार गोछेको जर्मन शेपहर्डले हात पा¥यो । सेकेन्ड बेस्ट इन् शो माउन्ट एभरेस्ट केनल क्बलको गोल्डेन रितिभर तथा थर्ड बेस्ट इन शो चन्द्रागिरिका विश्वराज जोशीको जर्मन शेपहर्ड भए । पप्पीतर्फ भने श्रीजन श्रेष्ठको जापनिज स्पिज अकिताले फस्र्ट बेस्ट इन् शोको उपाधि प्राप्त ग¥यो । दोस्रो प्रदीप गुरागाई र तेस्रो बिके ब्रिडरका कुकुरले हात पारे । 

आयोजकहरूका अनुसार यो इभेन्टबाट संकलित रकमको केही प्रतिशत स्ट्रिट डग केयरका लागि छुट्याइएको छ । १५ वर्षदेखि कुकुरको परिचय, वर्गीकरण, स्याहार सुसार, आधारभूत तालिम दिदै आएको के९ डग ट्रेनिङ एन्ड केयर, बुलेट डग ब्रिडर, पोजेटिभ पेट सोलुसनले यो डग शोको आयोजना गरेको थियो । के९ ले ग्य्रान्ड डग शो बाहेक के९ कुकुर तिहार, फ्रि डग ओबिडियन्स ट्रेनिङ प्रोगाम, हाउ टु फिड् योर डग आदि कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । 

प्रकाशित :फाल्गुन २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्