फूलको मारमा छु

- सुरेश वाग्ले

फाल्गुन १८, २०७५

फूलमा होइन म कतै झारमा छु, 

यस्तै छ जिन्दगी हतारमा छु । 

रम्दै छ दुनियाँ खुसीमा जम्दै छ, 

बेखबर छु म कुन संसारमा छु । 

न हिँड्न सक्छु म, न सुस्ताउन 

के गर्नु खुकुरीको धारमा छु । 

धेरै भो दोबाटो ढुकेर बसेको, 

यता जाऊँ कि उता विचारमा छु । 

खेलको नतीजा आउला–नआउला

जितेर पनि म हारमा छु । 

काँडाहरू सजिलै पन्छाएँ, 

कोमल फूलको मारमा छु । 

भनिदे ए दुनियाँ मेरा बारेमा, 

थाहाँ छैन कस्तो आकारमा छु ? 

प्रकाशित :फाल्गुन १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्