गायक सपूतको गुनासो

- साप्ताहिक संवाददाता

फाल्गुन १८, २०७५

महिला महोत्सवका लागि पर्वत पुगेका लोकदोहोरी गायक प्रकाश सपूत आफ्नो प्रस्तुति नदिई फर्किएका छन् । रेडियो दिदीबहिनी कुश्मा–पर्वतले आयोजना गरेको उक्त महोत्सवमा आयोजकले वेवास्ता गरेपछि निराश हुँदै फर्किएको उनले आफ्नो फेसबुकमार्फत जनाएका छन् । इभेन्टको जिम्मा लिएका सरोजले फोन तथा म्यासेजमार्फत कार्यक्रम तय गरेपछि पर्वत पुगे पनि त्यहाँ आफूलाई त्यहाँ वास्ता नगरिएको उनको गुनासो छ । 

आयोजकले उनी महोत्सवमा आउने भनेर प्रचार–प्रसार गरेका थिए । मलाई एकदमै अपमानित महसुस भयो । होटलले पनि आयोजकले केही नभनेको भनेपछि बिल तिरेर निस्किए । सपूत भन्छन्— कार्यक्रमका हिसाबले यो वर्ष मेरो गोल्डेन इयर हो । बितेका तीन महिनाको अवधिमा ६० भन्दा बढी कार्यक्रम गरेको छु । कतै यस्तो भएको छैन । 

कार्यक्रम निधो गरेपछि परिस्थितिअनुसार एडजस्ट र कम्प्रोमाइज त गरिन्छ नै । माघको अन्तिम साता झरीका कारण तीनवटा कार्यक्रम रद्द भए । मैले सहें, तर ठाउँमा पुगेर बिनाकारण कार्यक्रममा सहभागि नगराएर रेस्पोन्ससमेत नगर्दा कसरी सहनु ? आफ्नै क्षेत्रमा अपमानित महसुस गर्दै फर्कंदैछु ।

यस विषयमा पर्वत प्रहरीलाई खबर गरेको र सम्बन्धितहरूले लिखित माफी माग्नुपर्ने माग उनले गरेका छन् । मौखिक कुराकानीमा विश्वास गर्दा आफूलाई समस्या परेको गायक सपूतले बताउँछन् । 

प्रकाशित :फाल्गुन १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्