नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव–२०७५ 

- साप्ताहिक संवाददाता

फाल्गुन १८, २०७५

गत सोमबार सुरु भएको नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव–२०७५ लाई नेपालका सातवटा नाट्य समूहले संयुक्त रूपमा आयोजना गरेका छन् । ‘सामाजिक रूपान्तरणका लागि कलात्मक यात्रा’ भन्ने नाराका साथ प्रारम्भ गरिएको यो महोत्सव ८ दिनसम्म चल्नेछ । महोत्सवमा विभिन्न देशबाट आएका नाटक फरक–फरक नाटक घरमा भिन्न–भिन्न समयमा मञ्चन हुनेछन्, जसअनुसार एकै दिन चारवटा नाटक मञ्चन हुँदैछन् । आयोजकहरूका अनुसार थिएटर मल किर्तिपुरमा दिउँसो १ बजे, टेकुस्थित कौशी थिएटरमा दिउँसो ३ बजे, मण्डला क्लासरुम थिएटरमा दिउँसो २ बजे, बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा अपरान्ह ४ः३० बजे, मण्डला थिएटर अनामनगरमा साँझ ६ बजे तथा स्वयम्भू विजयेश्वरीस्थित होटल बज्रको नागा थिएटरमा राती ७ः३० बजे नाटक मञ्चन हुनेछ । यसरी बेग्लाबेग्लै नाटकघरबाट छुट्टाछुट्टै समयमा नाटक मञ्चन गर्दा दर्शकले एकैदिन चारवटा नाटक हेर्न सक्नेछन् । 

फागुन २० गतेसम्म चल्ने महोत्सवमा नाटकका साथै अन्य गतिविधि पनि सञ्चालन भैरहेको महोत्सव संयोजक सोमनाथ खनालले जानकारी दिए । महोत्सवमा ८ वटा देशका ३० वटा नाटक मञ्चन हुँदैछन् । जसमा नेपालसहित भारत, अफगानीस्तान, डेनमार्क, बंगलादेश, नर्वे, इटली तथा मेसेडोनिया आदिका नाटक छन् । साथै, अर्जेन्टिना, स्कटल्यान्ड, फ्रान्स, भारत, अमेरिका तथा इटलीका कलाकारहरू पनि महोत्सवमा सहभागी हुँदैछन् । यस्तै, चीन र पाकिस्तानबाट पनि रंगकर्मी आउने आयोजकहरूले बताएका छन् । महोत्सवमा सबैभन्दा बढी नेपालकै नाटक मञ्चन हुनेछन् । नेपालका करिब १३ वटा नाटक मञ्चन हुने महोत्सवमा भारतका विभिन्न ठाउ“का १० वटा नाटक प्रदर्शन हुनेछन् । 

यसैगरी अफगानीस्तानका २ वटा नाटक छन् भने बाँकी देशका एक–एकवटा नाटक छन् । तालिकाअनुसार मण्डला थिएटरमा १४ गते देखि २० गतेसम्म क्रमशः ब्ल्याक एन्ड ह्वाइट (भारत), द जब (भारत), मांगेना (नेपाल, इलाम), रूप अरूप (भारत), जोखाना(नेपाल), एक मुलाकात मन्टो से(भारत), डिसापारासिडस(इटली) नाटक मञ्चन भैरहेका छन्् । यस्तै, टेकुस्थित कौशी थिएटरमा १४ गतेदेखि २० गतेसम्म क्रमश ः किशोरी(नेपाल, जनकपुर), च्याप्टर कन्फेसनः माइ फादर इज अ मर्डरर(नेपाल), मेमोरी यार्ड (नेपाल), इन ट्रान्जिट (भारत), पाँच (नेपाल, काठमाडौं), हेड टु हेड (भारत), निद्राभत्थम् (भारत) नाटक मञ्चन हु“दैछन् । यसैगरी बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा क्रमशः प्राइभेट कन्फेसन्स(मेसेडोनिया), चम्पावती(भारत), आइ एम नट हियर (भारत), हिप हप कोपिला (नेपाल), त रेहाए (अफगानस्तान), मातब्रिंङ (बंगलादेश), माक्षदा (नेपाल) नाटक मञ्चन हुँदैछन् । कीर्तिपुरस्थित थिएटर मलमा क्रमशः भोको घर (नेपाल), टु बि (डेनमार्क), त रेहाय (अफगानस्तान), गैंडा टाइम्स(नेपाल), आरन (नेपाल), हेलेन (भारत), गर्भ चित्त (नेपाल) नाटक मञ्चन हुँदैछन् । उता मण्डला थिएटर नेपालको मण्डला क्लासरुम थिएटरमा फागुन १६ गते नर्वेको इनसाइड आउटसाइड नाटक मञ्चन भयो । त्यसैगरी स्वयम्भू विजेश्वरीस्थित होटल बज्रको नागा थिएटरमा फागुन २० गते अन्तिम दिन आर्ट नाटक मञ्चन हुने बताइएको छ । 

महोत्सवका निर्देशक राजन खतिवडाले यो अन्तर्राष्ट्रिय महोत्सवले नाट्य क्षेत्रलाई एकताबद्ध भएर अघि बढ्न सघाउ पु¥याउने बताए । उनले भने, ‘राजधानीमा खुलेका नाट्यसंस्थाहरू आ–आफ्नै तरिकाले काम गरिरहेका छन्, साथै एकले अर्काको सम्मान गर्ने प्रवृत्तिमा पनि कमी–कमजोरी छ ।’ यस्तो प्रवृत्तिको अन्त्यका लागि यस्तो खालको महोत्सवले ठूलो भूमिका खेल्ने निर्देशक खतिवडा बताउँछन् ।

प्रकाशित :फाल्गुन १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्