ओपियममा  नवीन के भट्टराई

- साप्ताहिक संवाददाता

फाल्गुन १८, २०७५

 

आज शनिबार दरबारमार्ग शेर्पा मलस्थित ओपियम रेस्टुराँ एन्ड बारले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदैछ । उक्त अवसरमा ओपियममा गायक नवीन के भट्टराईले आफ्ना गीत सुनाएर दर्शकहरूलाई झुमाउनेछन् भने भट्टराईको ब्यान्डका अन्य कलाकारले पनि सांगीतिक प्रस्तुति दिनेछन् । साँझ ६ बजे प्रारम्भ हुने उक्त कार्यक्रममा खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सञ्चालक उमिद श्रेष्ठका अनुसार यो अफरको लाभ आउने बिहीबारसम्म उठाउन सकिनेछ । ओपियम मल्टिकुजिन रेस्टुराँ हो । यहाँ कन्टिनेन्टल खानेकुरा पाइन्छन् भने बालबालिकाका लागि खेल्ने ठाउ“समेत छुट्याइएको छ । यो रेस्टुराँमा एकपटकमा २ सयदेखि २ सय ५० जना मानिस अटाउन सक्छन् । 

इन्टरनेसनल 

फुड टेस्टिङ 

आज शनिबार फुर्सदमा हुनुहुन्छ भने इन्टरनेसनल फुड टेस्टिङ–२०१९ मा सहभागी हुन सक्नुहुन्छ । यो इभेन्टमा रूस, कोरिया, मलेसिया, जर्मनी, ब्राजिल आदि मुलुकका विभिन्न परिकारको स्वाद चाख्न सकिनेछ ।

समय : बिहान १० : ३० बजे 

स्थान : एकेडिमी अफ कुलिनरी आर्ट्स एन्ड हस्पिटालिटी म्यानेजमेन्ट, लगनखेल

प्रवेश शुल्क : ३ सय ५० रुपैया

मोबाइल फँल्ने प्रतियोगिता

आज शनिबार मोबाइल फँल्ने प्रतियोगिता हुँदैछ । मोबाइल थ्रोइङ कम्पिटिसले आयोजना गर्न लागेको मोबाइल फँल्ने प्रतियोगिताको यो तेस्रो संस्करण हो । यो प्रतिस्पर्धामा महिला, पुरुष तथा १४ वर्षमुनिका बालबालिकाहरू सहभागी बन्न सक्नेछन् । आयोजकहरूका अनुसार हरेक ग्रुपबाट विजेतालाई एवार्ड प्रदान गरिनेछ । सन् २००९ मा फिनल्यान्डमा पहिलो पटक मोबाइल फँल्ने प्रतियोगिता आयोजित गरिएको थियो । त्यसपछि यो अन्तर्राष्ट्रिय खेलमा परिणत हुँदै गएको छ ।

समय : १० बजे

 

प्रकाशित :फाल्गुन १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्