सिद्धूलाई छुट्टी 

- साप्ताहिक संवाददाता

फाल्गुन १७, २०७५

पूर्व क्रिकेटर नवजोत सिंह सिद्धूले द कपिल शर्मा शोबाट छुट्टी पाएका छन् । अघिल्लो बिहीबार भारतको जम्मू–कस्मिरको पुलवामामा भएको आत्मघाती हमलाप्रति प्रतिक्रिया दिँदै सिद्धूले पाकिस्तानको पक्षमा बोलेका थिए । 

त्यसक्रममा सिद्धूले आतंकको कुनै धर्म नहुने, कुनै देश नहुने तथा कुनै जात नहुने बताएका थिए । ‘त्यसैले केही व्यक्तिका लागि पूरै देश (पाकिस्तान) लाई दोषी मान्नु हु“दैन, सिद्धूको भनाइ थियो । 

स्मरणरहोस्, पुलवामामा भएको आत्मघाती आक्रमणमा भारतीय सेनाका ४० जवान मारिएका थिए । त्यसको जिम्मेवारी पाकिस्तानमा सक्रिय आतंकी संगठन जैश–ए–मोहम्मदले लिएको छ । 

प्रकाशित :फाल्गुन १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्