सत्याकृत ब्याण्डको आउ फर्केर 

- साप्ताहिक संवाददाता

फाल्गुन १६, २०७५

सत्याकृत ब्याण्डको ‘आउ फर्केर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शिवरात्री विशेष अवसर पारेर सत्याकृत फाउण्डेशन अन्तर्गत सत्याकृत ब्याण्डले उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो । 

आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन भावले सु–सज्जित यस गीतले हाम्रो मौलिक, बैदिक संस्कृति र परम्परामा फर्कन अवश्य पनि उर्जा प्रदान गर्नेछ साथै आफ्नो आत्मस्वरुपमा, शान्तिस्वरुपमा फर्किनका लागि स्वयमं पुजनीय श्री हजुरको यस गितमा रहेको शब्दले सम्पुर्ण बिश्व मानवलाई आव्हान गरेको छ ।

 

गीतमा प्रजित लामाको स्वर, श्री हजुरको शब्द, गोपाल रसाइलीको  एरेन्ज रहेको छ । सत्याकृत ब्याण्डको निर्देशन रहेको गीतमा  हरि हुमागाइको छायांकन, शाकल्यदेव गौतमको ड्रोन र सम्पादन रहेको छ । 

आउ फर्केरको म्युजिक भिडियो :

प्रकाशित :फाल्गुन १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्