गर्लफ्रेन्डको खोजीमा छु

- कृष्ण भट्टराई

फाल्गुन १६, २०७५

                                                                         पुष्प खड्का, अभिनेता 

तपाईं भिडियोको मोडल कि चलचित्र अभिनेता ? 

म विसुद्ध कलाकार । यद्यपि भिडियोमा अभिनय गरेका बेला मोडल चलचित्रमा अभिनेता । 

अचेल भिडियोमा देखिनु हुन्छ नि ? 

चलचित्र मारुनीमा आबद्ध भएदेखि नै भिडियोमा काम गरेको छैन । पछिल्ला तीन महिनामा जम्मा एउटा भिडियो गरें । 

भिडियोबाटै आएको कलाकार, त्यो विधाको माया लाग्दैन ? 

असाध्यै लाग्छ नि । चलचित्रमा व्यस्त भएका बेला भिडियोमा अभिनय गर्दा दर्शक झुक्किनुहुन्छ भन्ने डरले पनि कम गरेको हो । 

भिडियो बनाउने प्रचलन नभएको भए तपाईं अभिनयमा आउनुहुन्थ्यो ? 

अवश्य आउँथे । संघर्ष बढी गर्नुपथ्र्यो होला, तर म चलचित्रमा आएरै छाड्थें । म्युजिक भिडियोले चलचित्रसम्म आउने बाटो सहज बनाइदिएको चाहिँ पक्कै हो । 

मारुनीमा कस्तो भूमिका छ ?

अघिल्ला चलचित्रको तुलनामा पृथक् भूमिका छ । यही चलचित्रका लागि ज्यान बनाउनुपर्ने भएकाले अहिले दिनको तीन–चार घण्टा जिम गर्दैछु । 

दाल, भात, तरकारीमा तपाईंको भूमिका कस्तो छ ? 

असाध्यै सन्काहा क्यारेक्टर निर्वाह गर्दैछु । जहिले पनि आमा–बुवासँग घुर्की लगाउने, गर्लफ्रेन्डसँग बिन्दास भएर घुम्ने । 

वास्तविक जीवनसँग मेल त खाँदैन नि ? 

हो, एक प्रतिशत पनि मेल खाँदैन । 

मंगलमपछि अफ बिट भूमिकाका लागि प्रस्ताव आएको छैन ? 

ठ्याक्कै अफबिट चलचित्रबाट त प्रस्ताव पाएको छैन, यद्यपि मलाई समाजमा देखिइरहने भन्दा फरक चरित्र निर्वाह गर्न मन लाग्छ । 

अबको २० वर्षपछि तपाईंलाई कहाँ पाइएला ? 

आफूलाई भर्सटायल अभिनेताका रूपमा स्थापित गराएर चलचित्र क्षेत्रमै रमाइरहेको हुनेछु । 

अभिनय करियर कि प्यासन ? 

दुवै । 

तपाईंको कमजोरी ? 

स्वर बोल्ड भएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ । 

फुर्सदमा ? 

जिम गर्छु, चलचित्रहरू हेर्छु । 

खानपिनमा कत्तिको सौखिन हुनुहुन्छ ? 

पटक्कै छैन । खानपिनमा चिल्लो र गुलियो बर्जित गरेको छु । 

गर्लफ्रेन्डसँग कत्तिको घुमफिर गर्नुहुन्छ ? 

म अहिलेसम्म गर्लफ्रेन्डकै खोजीमा छु । 

जीवनमा कति पटक ब्रेकअप भयो ? 

लभ परेको भए पो ब्रेकअप हुनु त ।

 

 

प्रकाशित :फाल्गुन १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्