नतमस्तक अनमोल 

- साप्ताहिक संवाददाता

फाल्गुन १६, २०७५

अभिनेता अनमोल केसीले पहिलो पटक अघिल्लो पुस्ताका अभिनेताहरूका बारेमा मुख खोलेका छन् । कुनै बेलाका सुपरस्टार आफ्नै बुवा भुवन केसीसँग पहिलो पटक एउटा गीतमा धक फुकाएर कम्मर मर्काएका अनमोलले अघिल्लो पुस्ताका अभिनेताहरूप्रति नतमस्तक रहेको धारणा व्यक्त गरेका हुन् । 

कर्लि कर्लि कपाल...गीतमा अनमोल मात्र होइन भुवनले पनि ज्यान खोलेर नृत्य गरेका छन्, जसलाई दर्शकले मन पराए । गीतले लोकप्रियता हासिल गरिरहेका बेला यसैसाता साप्ताहिकसँगको एक भेटमा अनमोल भन्दै थिए— ‘बाघ बूढो भए पनि बाघ नै हुने रहेछ भन्ने कुरा पहिलो पटक ड्याडसँग डान्स गरेपछि थाहा पाएँ ।’ 

अनमोलले युवापुस्तामाझ आफ्नो क्रेज रहे पनि उक्त गीतको छायांकन स्थलमा रहेका केही दर्जन कोरस, नृत्य निर्देशक तथा प्रशविधिकहरूले आफूभन्दा आफ्नो बुवा नै बढी हेन्डसम देखिएको प्रतिक्रिया दिएको कुरा समेत सुनाए । ‘भुवन केसी मात्र होइन, म राजेश हमाल तथा शिव श्रेष्ठको पनि ठूलो प्रशंसक हुँ, अनमोल भन्दैथिए— ‘मलाई एउटा त्यस्तो चलचित्र बनाउन मन छ, जहाँ अघिल्लो पुस्ताका यी अभिनेताहरूको मात्र अभिनय होस् ।’ 

प्रकाशित :फाल्गुन १६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्