धुर्मुस सुन्तलीको अभियानमा अनमोल पनि सँगै

- साप्ताहिक संवाददाता

फाल्गुन १३, २०७५

अभिनेता अनमोल के.सी. ‘धुर्मुस सुन्तली फाउन्डेसन’ले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियानको हिस्सा बनेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनको युट्युव च्यानलमा भिडियो सार्वजनिक गर्दै आफू पनि यो अभियानमा सामेल भएको जानकारी दिएका हुन् । 

भिडियोमा उनले ‘धुर्मुस सुन्तली फाउन्डेसन’लाई समर्थन गर्न पाउँदा आफू खुशी रहेको बताएका छन् भने सबैलाई यस अभियानमा सहभागी हुन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘नेपालमा प्रतिभावान खेलाडीहरूले एउटा स्कोप पाउनुभएको छैन । 

यो स्टेडियम उहाँहरूको लागि बन्न लागेको हो ।’ उनले यस रंगशालाले नेपालको नाम उचाइमा पु¥याउन पनि सहयोग गर्ने बताएका छन् । अनमोल अघि यस रंगशाला निर्माण अभियानका लागि राष्ट्रिय खेलाडी सहित कार्टुन्ज क्रु, केकी अधिकारी, अर्जुन पाण्डे, भद्रगोल टिम, अनुराधा कार्की लगायत थुप्रैले समर्थन भिडियो सार्वजनिक गरिसकेका छन् । 

अघिल्लो महिना निर्माणको औपचारिक घोषणा गरेको फाउन्डेसनले दुई वर्ष भित्र रंगशाला तयार गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित :फाल्गुन १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्