झर्किएर बोलिदिन्छु, आफैं फोन काटिन्छ : करिश्मा ढकाल

- प्रस्तुति: महेश तिमल्सिना

फाल्गुन १२, २०७५

                                                                  करिश्मा ढकाल, मोडल

चौबीसै घण्टा घाम लाग्यो भने के गर्नुहुन्थ्यो ?

विदेशमा हुने दाजुभाइहरूले काम गरिरहनुपथ्र्यो अनि म पनि नाचिरहन्थें होला ।

 

पाँच दिनसम्म खानेकुरा खान प्रतिबन्ध लगाइयो भने ? 

झुन्डिएर मर्थें होला । 

तपाईंको तौल बढेर ८५ किलो भयो भने ?

म सम्झना बुढाथोकी हुन्थेँ, यो क्षेत्रको काम छाड्थेँ । 

बिहान उठ्दा केटा हुनुभयो भने ? 

दुःखी हुन्थें । हाम्रो घरमा छोरीको अभाव हुन्थ्यो, किनभने मेरा दुई जना दाजु हुनुहुन्छ । 

प्रदीप खड्काले आई लभ यू भने के गर्नुहुन्छ ? 

धेरै खुसी हुन्थें । 

गायिका बन्ने प्रस्ताव आयो भने ? 

गाइदिन्छु, के थाहा चलिहाल्छु कि †    

अर्को नाम राख्नुप¥यो भने कुन नाम राख्नुहुन्छ ?

यो कुरा त सोचेकै छैन । 

सार्वजनिक ठाउँमा आएर कसैले गालामा म्वाइँ खाइदियो भने ? 

लाजले भुतुक्कै हुन्थें । 

स्टेजमा नाच्दा–नाच्दै बेहोस हुनुभयो भने ? 

त्यो बेहोसीलाई एउटा स्टेप बनाएर दर्शकलाई चकित पार्थें । 

तपाईंसँग कसैले पनि विवाह गर्न मानेन भने के गर्नुहुन्छ ? 

त्यसपछि कुमारी बस्नुको विकल्प नै हुँदैनथ्यो । 

जीवन कसैसँग साट्न पाए कोसँग साट्नुहुन्छ ?

म बलिउड अभिनेत्री ऐश्वर्य रायसँग साट्थें । 

तपाईं बसेको कुर्सी भाँचियो भने ? 

हाँस्थेँ होला । 

तपाईंलाई भोक नै नलाग्ने भयो भने ? 

भोक जगाउने औषधी खान्थें । 

भीडभाडमा कुनै एउटा केटोले तिमी त कस्ती सेक्सी देखिएकी भन्यो भने ? 

भित्र–भित्र खुसी हुन्थें, तर बाहिरचाहिँ रिसाउँथेँ । 

मंगल ग्रहमा लान पाए कसलाई लानुहुन्थ्यो ? 

बुबा–आमालाई लैजान्थें । 

चिनीको स्वाद तीतो पाउनुभयो भने ? 

चिया खानै छाडिदिन्थें । 

मोबाइलमा कसैले फोन गरेर यो कहाँ प¥यो भनेर सोध्दा तपाईंको जवाफ के हुन्छ ? 

मलाई एकदमै रिस उठ्छ । त्यसपछि झर्किएर बोल्छु र आफैं फोन काटिन्छ । 

 

प्रकाशित :फाल्गुन १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्