ट्रेलरमा जानी नजानी

- साप्ताहिक संवाददाता

फाल्गुन १२, २०७५

नेपाली कथानक चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रको कथासार र क्यारेक्टरलाई देखाउने प्रयास गरिएको छ । 

चैत १ गतेबाट अल नेपाल रिलिजकाने प्रचारमा रहेको चलचित्रको शिर्ष भूमिकामा रहेका कलाकार मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यू गर्ल निरिशा बस्नेतको परिचय क्यारेक्टरलाई देखाइएको छ । 

आधुनिक प्रेम कथामा आधारित चलचित्रमा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् । लभ स्टोरी जानरामा निर्माण भएको चलचित्रलाई  बसन्त अधिकारीले निर्देशन गरेका छन् । 

चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।

जानी नजानीको ट्रेलर :

 

प्रकाशित :फाल्गुन १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्