प्रधानमन्त्री रोजगार कार्यक्रम कस्तो लाग्यो ?

- साप्ताहिक संवाददाता

फाल्गुन ११, २०७५

हाम्रो जस्तो गरिब देशले यस्तो कार्यक्रम धान्न सक्दैन । बरु हरेक वर्ष यसरी नै अतिरित्त रकम छुट्याएर त्यसबाट हरेक जिल्लामा उद्योग खोल्नुपर्छ र रोजगारी प्रदान गर्नुपर्छ जहाँ हरेक तहका मानिसले रोजगारी प्राप्त गर्न सकून् । अनुदान दिनु वा यसरी पैसा बाँडनु भनेको बालुवामा पानी खन्याउनु सरह हो । यसको कुनै अर्थ हुँदैन र उपलब्धि पनि शून्य नै हुन्छ ।

प्रेम भण्डारी

अहिलेको जमानामा कुनै पनि घर, टोल वा समाजमा कोही पनि बेरोजगार छैनन्, सबै जना कुनै न कुनै कार्यमा अवश्य इंगेज भएकै हुनुपर्छ । घरपरिवारकै कोही न कोही सदस्य कुनै पनि कार्यालय वा श्रम बजारमा अवश्य रोजगार हुनुहुन्छ । 

भोलानाथ पौडेल

कार्यक्रम त सही–सही ल्याउँछन् नि केपी बाले, लागू हुँदैन र पो त दुःख लागेर आउँछ ।

मनिष श्रेष्ठ

राजनैतिक पहुँच नभएका सर्वहारा अनि गरिब–दुःखीले यो भत्ता पाउँदैनन् । 

टिएच तम्बापो

यो कार्यक्रमअनुसार एक–दुईबाहेक कोही पनि लाभान्वित हुँदैनन् । 

भानु कुमाल

ठीकै लाग्यो । केही नगरी बस्नुभन्दा यस्ता स–साना कार्यक्रम भए पनि गरेकै राम्रो ।

रमन श्रेष्ठ

यो योजनामा विश्वास गर्नु मुर्खता हो । ढुक्क हुनुहोस्, सोझासीधा जनताले रोजगारी र बेरोजगार भत्ता सहज रूपमा प्राप्त गर्न अझै सयौं वर्ष कुर्नुपर्छ ।

गोपाल अर्याल

रोजगार कार्यक्रम ल्याउनु त सारा बेरोजगार युवा–युवतीहरूका लागि खुसीको कुरा हो, तर के गर्नु ? यो पनि सोर्स–फोर्स र आफन्त हुनेहरूकै लागि त होला नि । तपाईं–हामीजस्ता बेरोजगारका लागि कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेजस्तै हो । 

तेज पाख्रिन

ए बाबा ! यो कार्यक्रम कसका लागि ल्याएको हो ? घरको कुनै पनि सदस्य रोजगारीमा हुनु नहुने रे ! कुनै सदस्य विदेश गएको पनि नहुने रे अनि स्वरोजगार पनि हुनु नहुने रे । घरमा ६ जना सदस्य छन् तर एक जना मात्र रोजगारीमा हुँदा के सबैलाई रोजगारी छन् भन्न मिल्छ ?

जीवन पराजुली

आफैंमा नराम्रो कुरा त होइन तर कार्यान्वयन पक्ष सधैं फितलो हुँदा असलीभन्दा नक्कली बेरोजगार लाभान्वित हुने र नेताका खास कार्यकर्तालाई बाइकमा तेल र नास्ता खर्च जोहो होला जस्तो लाग्दैछ ।

प्रेम पोर्तेल

सरकारले केही गर्न खोजेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ, तर यहाँ केही गर्छु भन्नेलाई हौसला दिनुको सट्टा गिराउने काम मात्र हुन्छ । त्यही भएर यो देशको विकास हुँदैन ।

आर. भट्टराई

त्यति उपयुक्त लागेन । नेपालमा बेरोजगारको पहिचान गर्न नै गार्‍हो छ । खालि राजनीतिक कार्यकर्ता पोस्ने माक्र काम हुन्छ । 

चत्र डुम्रे

प्रधानमन्क्री रोजगार कार्यत्रम होइन, जनता रोजगार कार्यक्रम शीर्षक राख्नु ठीक हुन्छ । योजना त राम्रै होलान् तर कार्यान्वयन तहमा पुग्दा कार्यकर्ता पोस्ने बाहेक अरु केही हुनेवाला छैन ।

दल आले मगर

बेरोजगारलाई भत्ता दिनुभन्दा बन्द भएका सरकारी कल–कारखानाहरू पुनः सञ्चालनमा ल्याउने प्रयास गरौं । बेरोजगार युवाहरूका लागि दक्षता तालिम कार्यक्रम सञ्चालन गरौं । युवा पलायन रोक्न सकियो भने देश बन्न समय लाग्दैन, समृद्ध नेपाल हाम्रै पालामा सम्भव छ ।

गन्तव्यविहीन यात्री

लुट्ने सबै उपाय लगभग सकिएपछि सरकारले बेरोजगारलाई भत्ता दिने भनेर पैसा कुम्ल्याउने नयाँ टेक्निक अपनाएछ ।

सुरेश

अहिलेसम्म कागजमा निर्णय त कति भए कति ? कुरा पारदर्शी कार्यान्वयनको हो । नेपाल पछि पर्नुको मुख्य कारण नै भएका निर्णय कडाइका साथ कार्यान्वयन नहुनु हो । हेर्दै जाऊँ, कार्यकर्ता पोस्ने काम मात्र नहोस् । साँच्चैका बेरोजगारले रोजगारी पाऊन् ।

कुमार गौतम

संसारमा कुन विचारलाई चौपट्टै बेकामको भनेर किट्न सकिन्छ र ? हिट्लर र नेपोलियन देशभक्त त थिए, बिन लादेन विद्वान थिए । फरक यस मानेमा पर्न जान्छ कि तपाईं आफ्नो भावना र विचारलाई कसरी सम्प्रेषित गर्नुहुन्छ अनि तपाईंको मन र मस्तिष्क कत्तिको एकाकार छ । आत्माको बोली लागू हुन्छ, जिब्रोको के भर ?

डिल्लीराज बस्याल

भएका निजी संस्थाका रोजगारीमा पनि आफ्ना समर्थक र कार्यकर्ता नै भर्ना गर्ने मेसो देखिन्छ, बाँकी त हेर्नैपर्छ । अब झन् युवाहरूलाई जागिरको लोभमा नेकपा बनाउने प्रपन्च देख्छु म । मेरो बुझाइ गलत होस् ।

डा. कमल अर्याल

प्रकाशित :फाल्गुन ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्