लुट्न सके लुटको फिडब्याक

- साप्ताहिक संवाददाता

फाल्गुन ११, २०७५

 

पशुपति भाइले के त्यस्तो शब्द प्रयोग गरे अनि त्यसलाई सच्याउनुपर्ने । हामी लोकतन्त्रभन्दा माथि गणतन्त्रमा छौं । यदि समाजमा भएका कमी–कमजोरीलाई औंल्याउँदा गल्ती हुन्छ भने म पनि पशुपति भाइसँगै सजायको भागिदार हुन तयार छु, अनि चाहिएन यस्तो लोकतन्त्र र गणतन्त्र । 

कल्याण घिमिरे 

‘पोइल जान पाम’ले नैतिक शिक्षा दिएबापत राष्ट्रियसभामा बढुवा । दिगम्बर झाले देशलाई सुशासन दिएबापत पूर्वपदमा पुनर्बहाली । पोर्न युट्युब च्यानल चलाउनेहरूको पेशागत स्वतन्त्रताको सुरक्षा । धुले चप्पल पड्काउँदै अरबका महल जोड्नेहरू नायकमा सम्मानित । ३३ किलो सुन निल्ने योग्यता हुनेलाई उच्च सम्मान । डेढ अर्बको हेलिकोप्टरमा बसेर आकाशबाटै कोदो निरीक्षण गर्ने र वाइडबडी निल्ने परम सम्मानितहरूलाई नोट गर्ने पशुपति चाहिं छाडा । 

भरत दाहाल 

सरकार भनेको जनताको आस, विश्वास कि त्रास ? लौन कोही छ यसो बुझाउनलाई ? बुझ्नै गाह्रो भयो हामी जस्ता सामान्य जनतालाई । अब त गुन्डा, दादासँग मात्र डराउने समय त सक्किएछ । अझ त्यसमाथि सरकार र सरकारी निकायसँग जोडिएकाहरूसँग डराएर बस्ने समय पो आयो त ? प्रजातन्त्र, गणतन्त्र भनेको यस्तो पो हुँदो रहेछ ? हरेक कुरामा बन्देज ? बल्ल सिक्न थालिँदै छ....। पहिलेको समय पनि यस्तै थियो र ? कि कसो हो ?

विजय लामा 

पशुपति शर्माले भनेको भन्दा बढी बेथिति छ देशमा, अनि गीत चैं रामराज्यको गाउनुपर्ने ? सिर्जनात्मक अभिमत राख्न पाउने कि नपाउने ?

राजन राई 

वर्तमानको वास्तविकता गीतमार्फत सार्वजनिक गर्न समेत नपाउने । सरकार अधिनायकवादी बाटोमा । नागरिक अधिकारका लागि फेरि जुट्नुपर्ने दिन आयो ।

प्रकाशशरण महत

गीत–संगीतलाई गीत–संगीतकै रूपमा पो हेरिनुपर्छ, यति धेरै इगो राम्रो भएन ।

हेमन्त शर्मा 

लुट्न सके लुट् कान्छा लुट्न सके लुट् ।

लुट्या कुरा थाहा पाउनेलाई भेट्नासाथ कुट् ।।

कलियुग लागेपछि उल्टो बग्छ खोलो ।

पशुपतिमाथि ओइरिएछ अरिङ्गालको गोलो ।।

केदार घिमिरे 

पशुपति शर्मा आफैंले यो विवादित गीत युटुबबाट हटाएछन् । उनको गीतले देशमा विद्यमान विकृति र लुटतन्त्रलाई व्यंग्य गर्न खोजे पनि कतिपय शब्द निकै आपत्तिजनक थिए । कुनै पनि सर्जकले आफ्नो सिर्जना हिट हुन्छ भन्दैमा कोही कसैको गालीबेइज्जती हुने शब्द प्रयोग गर्न सुहाउँदैन । सिर्जना त कालजयी पो हुनुपर्छ । 

सरोज ढुंगाना 

प्रकाशित :फाल्गुन ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्