शिवको परदेशी रुवाउने गीत 

- साप्ताहिक संवाददाता

फाल्गुन १०, २०७५

‘विदाईको दिन आँसुले आँखा भिजेको पाएथे

वर्षो पहिले आमालाई छाडी परदेश आएथे

परदेशी हुँदा आमाको आँसु, पुछ्न नि पाइएन

आमाले धरती छाडेर गइन, मुख देख्नै पाइएन’

परदेशीहरुको यस्तो  मार्मिक पीडा बोकेको गीत युट्युबाट सार्वजनिक भएको छ ।  गीतकार तथा पत्रकार शिव शर्मा चञ्चलको रचना रहेको गीत  म्युजिक नेपालको  युट्युब च्यानलबाट सार्वजनिक भएको छ  ।  

साता अघि यो गीत  गीतकार शर्माले आफ्नी दिवंगत आमा जमुना कुमारी भट्टराईको वार्षिक पुण्य तिथिमा  अमेरिकाको टेक्ससमा एक कार्यक्रम आयोजना गरी सहभागीहरुलाई देखाएर सार्वजनिक गरेका थिए । 

परदेशमा रहदा घरपरिवारका सदस्य गुमाउँदाको पीडा देखि स्वदेशको मायालाई समेत  गीतमा वास्तविक ढंगले  उतारिएको छ । 

गोविन्द मधुर आचार्यले स्वर दिएको गीतमा उनलाई महिला आवाजमा गायिका वसन्ता प्रकृतिले साथ दिएकी छिन् । गीतको संगीत संयोजन र एरेन्ज स्वयं गायक आचार्यले गरेका हुन । 

गीतलाई युएस खबर डटकमका संचालक किसन रेग्मीले निर्माणमा सहयोग गरेका हुन । गीतको  म्युजिक भिडियो  शिव पुरीले निर्देशन तथा सम्पादन गरेका हुन । रामेश्वर कार्कीको छायाङकन रहेको गीतमा आमाको भुमिकामा रंगमञ्चीय कलाकार अन्जु देउजा, राजा कुमार घोष, रेगन क्षेत्री र हरि दवाडीले अभिनय गरेका छन् । 

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :फाल्गुन १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्