चलचित्र ब्वाइ फ्रेण्ड

- साप्ताहिक संवाददाता

फाल्गुन १०, २०७५

नेपाली चलचित्र ब्वाइ फ्रेण्ड आजदेखि प्रदर्शनमा आएको छ । युवा पिँढीमा मौलाइरहेको ब्वाइफ्रेण्ड र गर्लफ्रेण्डमात्र नभएर अभिभावकले आफ्ना छोराछोरीप्रति जिम्मेवारी बहन गर्न नसक्दा आउने परिणाम कस्तो हुन्छ भन्ने कुरा यो चलचित्रमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । 

बुढाथोकी फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ब्वाइ फ्रेण्डमा मदन घिमिरेको निर्देशन छ भने, जीवन गौतम यसका सह–निर्देशक हुन् । कृष्ण खनालले निर्माण गरेको यो चलचित्रमा सरोज खनाल, महिमा सिलवाल, पुष्कर रेग्मी, आयुष्मा खतिवडा, कृष्ण खनाल आदि कलाकारले अभिनय गरेका छन् ।

 कृष्ण चापागाईँको कथामा निर्मित यो चलचित्रमा समावेश भएको गीतमा टंक बुढाथोकी, सोनम शेर्पा तथा केके सिंहले संगीत भरेका छन् भने कृष्ण श्रेष्ठले चलचित्रको छायांकन गरेका हुन् । 

प्रकाशित :फाल्गुन १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्