लभ स्टेसनको १ लाख सहयोग

- साप्ताहिक संवाददाता

फाल्गुन ९, २०७५

 

चैत २२ गतेबाट प्रदर्शन हुने चलचित्र लभ स्टेसनका कलाकारहरुले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई सहयोग हस्तान्तरण गरेका छन् । वुधवार मेघाको डेरा भक्तपुरमा पुगेर अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाहि, संगीतकार एलिस कार्कीलगायत चलचित्र निर्माण टिम पुगेर १ लाख रकम हस्तान्तरण गरेको हो ।

दुबै हात गुमाएकी मेघालाई आर्टिफिसियल हात राख्नका लागि उक्त रकमले केहि न केहि सहयोग गर्ने अभिनेता प्रदीपले बताए । उनले भने, ‘हामीले उहा“लाई आर्थिक रुपमा समस्या परेको सुन्यौं, सोहि अनुसार तुरुन्तै सहयोग रकम लिएर त्यहा“ गएका हौं ।’

आफ्ना मनपर्ने कलाकार घरमै भेट्न पाउँदा मेघा भने मख्ख परेकी थिईन् । उनले यो सहयोगले आफ्नो जिवनमा नयाँ मोड आउने समेत बताइन् ।

निर्माण टिमले केहि दिन अघि घाम जून चाहि“दैन बोलको गित सार्वजनिक गरेको थियो भने उक्त चलचित्रको टे«लर चाडैं सार्वजनिक गर्ने तयारी छ । उज्जवल घिमिरेको निर्देशनमा वनेको चलचित्रमा प्रदीप र जसितास“गै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । आलोक शुक्लाले चलचित्र खिचेका हुन् ।

प्रकाशित :फाल्गुन ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्