जलजलाको नयाँ गीत

- साप्ताहिक संवाददाता

फाल्गुन ९, २०७५

 

चर्चित संगीत रियालिटी शो ‘नेपाली तारा’ को सिजन–३ बाट एकाएक चर्चामा आएकी गायिका जलजला परियारको नयाँ गीत सार्वजनिक भएको छ । जलजलासँगै क्रिस पिकेको स्वर रहेको उक्त गीतले बाध्यताले विदेशिने नेपाली युवाको कथा बोल्छ ।

प्रमोद जोशीको शब्द रहेको गीतलाई चर्चित गायक तथा संगितकार विशाल निरौलाले म्यूजिक र एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल अञ्जली अधिकारी र कुमार श्रीले मोडलिङ गरेका छन् ।  भिडियो निकै राम्रो वनेको छ ।  काठमाण्डौं र आसपासका क्षेत्रमा खिचिएको भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् ।

हेर्नुस् भिडियो

प्रकाशित :फाल्गुन ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्