पहिलो सांग्रिला अन्तर विद्यालय फुटसल प्रतियोगिता हुँदै 

- साप्ताहिक संवाददाता

फाल्गुन ९, २०७५

 

पहिलो सांग्रिला अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । गोकेर्णेश्वर नगरपालिकास्थित सांग्रिला पब्लिक स्कूलको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका भित्रका करिव ३२ वटा विद्यालयले सहभागिता जनाउँदै छन् । 

नगरपालिकाभित्र रहेका विद्यालयहरूबीचमा भावनात्मक सम्बन्ध बिस्तार गर्ने, खेलकुद क्षेत्रको विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमका संयोजक विवेक दुलालले जानकारी दिए । 

प्रतियोगिता फागुन १२ र १३ गते माकलबारी जोरपाटीस्थित मनकामना फुटसल ग्राउण्डमा हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने संयोजक दुलालले जानकारी दिए । 

 

प्रकाशित :फाल्गुन ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्