चलचित्रमा विरही

- साप्ताहिक संवाददाता

फाल्गुन ९, २०७५

विरही कार्की लोकदोहोरी गायक हुन् । उनले गाएका थुप्रै लोक तथा दोहोरी गीत लोकप्रिय छन् । श्रोताको रोजाइमा पर्ने लोकगीत गाएर चर्चामा आइरहने यी गायकले यतिबेला अर्को एउटा उपलब्धि हासिल गरेका छन् ।

विरहीलाई अब चलचित्रको संगीतकार तथा पार्श्व गायकका रूपमा समेत सुन्न पाइनेछ । फागुन १० गतेदेखि प्रदर्शनमा आउने चलचित्र रुमालै छ चिनोमार्फत उनी गायक तथा संगीतकारका रूपमा दर्शकमाझ आउन लागेका हुन् ।

चलचित्रको आमा नबस्नु पर्खेर गीत सार्वजनिक भएपछि विरहीको चर्चा चुलिएको हो ।

 

प्रकाशित :फाल्गुन ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्