अभिनेत्री स्वस्तिमाले गरिन मुकुनलाई यस्तो आग्रह

- साप्ताहिक संवाददाता

फाल्गुन ७, २०७५

नेपाली चलचित्र बुलबुलले प्रदर्शनको पाचौँ दिन पुरा गरेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्र राम्रो प्रचार सहित हलमा पुगेको हो । चलचित्र प्रदर्शन पश्चात एका/दुई ठिकै प्रतिकृया आएपनि अधिकांश प्रतिकृया चलचित्र राम्रो रहेको भन्ने आईरहेका छन् । चलचित्र बुलबुल उत्कृष्ठ प्रतिकृया सहित हलमा प्रदर्शन हुँदै गर्दा चलचित्र यूनिटले चलचित्रको ३ मिनेट ३३ सेकेन्टको दृष्य सार्वजनिक गरेको छ । 

सार्वजनिक दृश्यमा चलचित्रका शिर्ष कलाकार स्वस्तिमा खड्का र मुकुन भुषालको फोन संवाद समावेश गरिएको छ । झट्ट सुन्दा रोमान्टिक लागे पनि सार्वजनिक दृश्य चलचित्रको महत्वपूर्ण अंश रहेको निर्देशक विनोद पौडेलले बताए । चलचित्रका लेखक समेत रहेका पौडेलले दृश्यले गहिरो अर्थ बोकेको बताएका छन् । 

यो दृश्यले  प्रेमको आशक्ति र मनोदशालाई  सुक्ष्म ढंगले अभिव्यक्त गर्दछ । पौडेलले भने, ‘ यो दृश्य मलाई मन परेको दृश्यमध्ये एक हो । चलचित्र हेर्ने धेरैले यो दृश्यलाई चलचित्रको मुटु भएको र धेरैले आफुपनि नोस्टाल्जियमा पुगेको पनि प्रतिक्रिया दिएका छन् । दृश्यले चलचित्र कुन सोच र सेटिंगमा बनेको छ भन्ने कुरा पनि बताउँछ । अहिलेसम्म चलचित्र नहेरेका दर्शकलाई चलचित्रप्रति थप उत्सुक बनाउन यो दृश्यले ट्रिगरको भूमिका निर्वाह गर्ने हुँदा यसलाई बुलबुलको ट्रिगर पनि भन्न सकिन्छ ।’ 

चलचित्रका निर्माता अविरल थापाले चलचित्रको व्यापार दिन प्रतिदिन बढदै गएको बताएका छन् । ‘शनिबार लगभग शतप्रतिशत र बाँकी दिनमा चालिसदेखि पचास प्रतिशतको हिसाबले चलचित्रले दर्शक पाइरहेको छ । यो आँकडा हाम्रो अनुमान अनुरुप नै छ । यसरीनै माउथ पव्लिसिटी बढदै गए सप्ताहान्तसम्ममा हामी लगानीका हिसाबले सुरक्षित हुन्छौं भन्ने विश्वास छ’ थापाले भने । 

चलचित्र १ करोड हाराहारीको बजेटमा बनेको हो । निर्माता थापाले चलचित्रले राम्रो समीक्षा पाएसँगै डायस्पोरामा पनि चलचित्रको माग बढेको र आफ्नो सिनेमा सबटाइटल राखेर संसारभर बिक्री गर्न सकिने स्तरको भएको हुँदा अन्य विदेशी बजारमा पनि किनबेचको प्रक्रिया अघि बढिरहेको जानकारी गराए । 

चलचित्रको सार्वजनिक दृष्य :

 

प्रकाशित :फाल्गुन ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्