रणवीर र वरुणको चाहना

- साप्ताहिक संवाददाता

फाल्गुन ७, २०७५

बलिउड अभिनेता आमिर खानले सन् ९० को दशकको आफ्नो सुपरहिट चलचित्र अन्दाज अपना अपनाको रिमेकमा रणवीर सिंह तथा बरुण धवनलाई लिन चाहेको धारणा व्यक्त गरेका छन् । आमिर खान तथा सलमान खानको उक्त चलचित्रको रिमेक भर्सन अहिले चर्चामा छ ।

निर्माता विन्नी सिन्हा तथा पिंकी सिन्हाले उक्त रिमेक निर्माण गर्ने घोषणा गरिसकेका छन् । चलचित्रका लागि रणवीर र वरुणको नाम अघि सारिएको छ । उक्त चलचित्रमा रणवीरले अमन तथा वरुणले प्रेमको भूमिका निर्वाह गर्ने बताइन्छ ।

हालै एउटा समारोहमा आमिर खानले यी दुई युवा सेन्सेसनको नाममा स्वीकृति जनाएका हुन् । भनिन्छ, शीर्षक पुरानै भए पनि चलचित्रको कथा विल्कुल नयाँ हुनेछ । 

प्रकाशित :फाल्गुन ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्