सम्पथको सातौँ जनम 

- साप्ताहिक संवाददाता

फाल्गुन ७, २०७५

 

गायक सम्पथ ढकाल ‘सन्तोष’ को रोमान्टिक गीत ‘सातौं जनम...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम भाव समेटिएको उक्त गीतमा गायक ढकालकै शब्द तथा संगीत सुन्न सकिन्छ ।

विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ रहेको गीतको भिडियो निर्देशन दीपक अधिकारीले गरेका हुन् । उक्त गीतको भिडियोमा आवाज गुरुङ तथा सुशिक्षा पराजुली फचिर्ड छन् । भिडियो सम्पादन विजयराज भुर्तेलले गरेका छन् । 

वासु बरालद्वारा छायांकन गरिएको उक्त  भिडियोमा नगरकोटका रमणीय दृष्यहरु समावेश गरिएको छ । भिडियोलाई विजयराज भुर्तेलले सम्पादन गरेका छन् । 

सातौँ जनमको म्यूजिक भिडियो :

प्रकाशित :फाल्गुन ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्