निरुता, उत्तम र दीलिप फेरि एक साथ 

- साप्ताहिक संवाददाता

फाल्गुन ६, २०७५

अभिनेत्री निरुता सिंहले सुपरहिट चलचित्र ‘दर्पण छायाँ’को सिक्वेल बन्न सक्ने संकेत देखाएकी छिन् । उनले एक कुराकानीका क्रममा उक्त चलचित्रको सिक्वेल बन्न सक्ने संकेत देखाएकी हुन् । 

दर्पण छायाँको अब बन्ने सिक्वेलमा पनि उत्तम प्रधान, दिलिप रायमाझी र निरुता सिंहले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने पनि उनको भनाई थियो । दर्पण छायांको काहनी जहाँ टुगिएको थियो त्यहीबाट नयाँ स्टोरी उठान गरेर चलचित्र निर्माण गर्ने निरुताको भनाई छ ।

उनले भनिन, ‘उत्तम जी एकदमै क्रिएटिभ हुनुहुन्छ । चलचित्र बनाउने कन्सेप्ट उहाँकै हो । उहाँले फोन गरेर चलचित्रको कन्सेप्ट सुनाउनु भएको थियो । मलाई पनि एकदमै राम्रो लाग्यो ।’ यतिबेला उत्तम स्क्रिप्टको काममा व्यस्त रहेको समेत उनले बताएकी छिन् । 

दर्पण छायाँलाई तुलसी घिमिरेले निर्देशन गरेका हुन् । तुलसी घिमिरेकै निर्देशनमा ‘दर्पण छायाँ २’ बनिसकेको छ । यो चलचित्रमा पुष्प खड्का, सहारा कार्की, श्रद्धा प्रसाईले शिर्ष भूमिकामा रहेर अभिनय गरेका थिए । दर्पण छायाँ सुपरहिट भएको थियो भने दर्पण छायाँ २ ले राम्रो प्रर्दशन गर्न सकेन । 

अब बन्ने दर्पण छायाँको सिक्वेल भने कस्ले निर्देशन गर्ने भन्ने बारेमा केहि खुलाईएको छैन् । अभिनेत्री निरुताले अभिनय गरेको चलचित्र ‘दाल भात तरकारी’ सम्पादनको अन्तिम चरणमा छ । उनले एक गीतमा नृत्य गरेको चलचित्र क्याप्टेन प्रदर्शनको तयारीमा छ । उनले क्याप्टेनको गीतमा अभिनेता भुवन केसी र अनमोल केसीसँग एक साथ अभिनय गरेकी छिन् । 

 

प्रकाशित :फाल्गुन ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्