मलिका अब अभिनेत्री 

- साप्ताहिक संवाददाता

फाल्गुन ६, २०७५

एक वर्षअघि नै सार्वजनिक भएको गायक स्वप्निल सुमनको ‘म तिम्रो...’ गीतको म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएकी मोडल मलिका महतलाई दर्शकले अब चलचित्र अभिनेत्रीका रूपमा पाउनेछन् । युट्युबमा एक करोडभन्दा बढि भ्युज पाएको उक्त भिडियी मोडल मलिका भरखर १९ वर्षकी भएकी छिन् ।

उक्त म्युजिक भिडियोमा अभिनय गरेपछि इन्स्टाग्राममा उनलाई पछ्याउनेहरूको संख्या ह्वात्तै बढ्यो । यतिबेला उनलाई ७६ हजार भन्दा बढिले इन्स्टाग्राममा फलो गरेका छन् । चैत २९ गते प्रदर्शनमा आउने चलचित्र ‘यात्रा–अ म्युजिक भ्लग’ मार्फत रजतपटमा आउने तयारी गरिरहेकी मलिकाले पहिलो चलचित्रमै अभिनेता सलिनमान बानियाँसंग अनस्क्रिन रोमान्स गर्ने अवसर पाएकी छिन् ।

हँसिलो स्वभावकी मलिका तथा दोस्रो चलचित्रमा अभिनय गरिरहेका लजालु स्वभावका सलिनमानको जोडी चलचित्रमा कत्तिको सुहाएको छ, त्यो भने हेर्न बाँकि नै छ । यद्यपि चलचित्रको प्रचार सामाग्रीहरूमा उनीहरूको केमेस्ट्रि मिलेको देखिन्छ । 

प्रकाशित :फाल्गुन ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्