वरिष्ठ लोक गायक बस्नेतलाई रेडियो कान्तिपुरको विशेष सम्मान 

- साप्ताहिक संवाददाता

फाल्गुन ५, २०७५

रेडियो कान्तिपुरले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई विशेष सम्मान गरेको छ ।  सलाम जिउँदो इतिहासलाई कार्यक्रमको १० औँ संस्करण अन्तर्गत शनिबार वरिष्ठ लोक गायक बस्नेतलाई सम्मान गरेको हो । 

कार्यक्रमको सुरुवातमै बस्नेतले निकै भावुक हुँदै रेडियो कान्तिपुरले थालेको स्रष्ट्राको सम्मानप्रति कृतज्ञता व्यक्त गरे । कार्यक्रममा बस्नेतसँग भलाकुसारीका साथै चर्चित कलाकारले उनका गीतहरु प्रस्तुत गरेका थिए ।  ६ दशक भन्दा बढी सांगितिक क्षेत्र बिताएका बस्नेतका थुप्रै गीतहरु कालजयी छन् । 

बस्नेतले २ सय बढी गीत गाएका छन् । रेडियो कान्तिपुरको ‘सलाम जिउ’दो इतिहासलाई’ कार्यक्रममा  रुपक डोटेल, दुर्गा परियार, मुन्ना गुरुङ, राहुल भुजेल, संजय तुम्रुक लगायतले गायक बस्नेतका चर्चित गीत गायनमा साथ दिएका थिए । 

प्रकाशित :फाल्गुन ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्