मेटिदैँ अनमोल साम्राज्ञीबीचको दुरी

- साप्ताहिक संवाददाता

फाल्गुन ५, २०७५

अभिनेता भुवन केसीले केहि वर्ष अघि चलचित्र ‘ड्रिम्स’ निर्माण गरे । यहि चलचित्रबाट भुवनका छोरा अनमोल केसी अभिनेताका रुपमा रजतपटमा भित्रिए । यस अघि पनि उनले चलचित्र साथी म तिम्रोमा छोटो भूमिका त निर्वाह गरेका थिए । तर, अभिनेताका रुपमा भने उनी यहि चलचित्रबाट सिने उद्योगमा भित्रिएका हुन् । यहि चलचित्रबाट अभिनेत्रीका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाहले अनमोलको जोडीका रुपमा रजतपटमा पर्दापण गरिन् । 

यो जोडीलाई दर्शकले खुबै रुचाएका पनि थिए । त्यति मात्रै होईन् उनीहरुका दर्शकले अनमोल र साम्राज्ञीलाई फेरि पनि पर्दामा सँगै हेर्ने चहाना राखेका थिए । तर, यि दबै नेपाली चलचित्र उद्योगमा आशा लाग्दा कलाकारका रुपमा व्यस्त रहदा यो जोडी फेरि पर्दामा जोडीका रुपमा दोहोरिएको छैन् । 

उल्टै चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को पत्रकार सम्मेलनमा अनमोल केसी र उनलाई जोडेर पत्रकारले गरेको प्रश्नमा साम्राज्ञीले आफूलाई स्टारको खाँचो नभएको बताएकी थिईन् । उनले स्टार कलाकारलाई आफू चाहिने समेत भन्न भ्याएकी थिईन् । साम्राज्ञीको यो बोलीले त्यसताका राम्रै चर्चा पनि पाएको थियो । तर, नायक भूवन केसी र अनमोल केसी भने यो कुरामा असन्तुष्ट थिए । 

अब, उनै साम्राज्ञीले आफ्नो बोली परिवर्तन गरेकी छिन् । साम्राज्ञीलाई पत्रकारले अनमोल केसीसँग काम गर्ने बिषयमा सोधेको प्रश्नमा आफू अनमोलसँग काम गर्न तयार रहेको बताएकी छिन् । उनले आफूहरु दुबैलाई सुहाउने खालको चलचित्रबाट अफर आए सँगै काम गर्ने बताएकी हुन् । उनले, अनमोल केसी र आफूलाई जोडी बनाउने गरि कुनै पनि चलचित्रबाट अफर नआएको पनि बताइन् । तर, आफू सधैनै अनमोलसँग काम गर्न तयार रहेको उनको भनाई थियो । साम्राज्ञीले अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को गीत र ट्रेलर आफूलाई निकै मन परेको समेत बताइन् । 

प्रकाशित :फाल्गुन ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्