कलाको सम्भावना 

- साप्ताहिक संवाददाता

फाल्गुन ५, २०७५

नेपाली चलचित्रले कला राईका रूपमा एउटा नयाँ अनुहार पाएको छ । चलचित्र मुर्चुङ्गामार्फत रजतपटमा पदार्पण गरेकी यी अभिनेत्री पहिलो चलचित्र प्रदर्शन नहुँदै दोस्रो चलचित्रमा सक्रिय भैसकेकी छिन् । यतिबेला चलचित्र आरुषीमा व्यस्त कला उक्त चलचित्रकी मुख्य कलाकार हुन् ।

चलचित्रमा उनले नयाँ अभिनेता इशक राईसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । सोलुखुम्बुमा जन्मिएकी कलाले अभिनयमै करियर बनाउने निर्णय गरेकी छिन् । उदय सुब्बाको निर्देशनमा अभिनय गरिरहेकी कला रोमान्टिक भूमिकामा सहज महसुस गर्ने बताउँछिन् । यद्यपि आफू हरेक प्रकारका भूमिका निर्वाह गर्न सक्षम रहेको उनले स्पष्ट पारेकी छिन् । 

प्रकाशित :फाल्गुन ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्