चलचित्र ‘तुलसी’को ट्रेलर सार्वजनिक

- साप्ताहिक संवाददाता

फाल्गुन ५, २०७५

ऋचा घिमिरेको प्रस्तुति चलचित्र ‘तुलसी’को ट्रेलर सार्वजनिक भएको छ । शंकर घिमिरेको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘तुलसी’को ट्रेलरमा लव, रोमान्स, एक्सन र सामाजिक चेतना समावेश गरिएको छ । 

छुवाछुत तथा जातीय विभेदका विषयवस्तुमा केन्द्रित चलचित्र ‘तुलसी’मा ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जयकिसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्कीलगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्रमा विशेष भुमिकामा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाडकर पनि देखा पर्ने छन् । 

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली.को ब्यानरमा निर्माण चलचित्रमा पाँचवटा गीत समावेश छन् । जसमा आशा भोषले, साधना सरगम, शिव परियार तथा स्व. कुमार कान्छाले स्वर दिएका छन् । ‘तुलसी’लाई शिवम् अधिकारीले लेखेका हुन् ।

तुलसीको ट्रेलर :

प्रकाशित :फाल्गुन ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्