भुवनको गुनासो 

- साप्ताहिक संवाददाता

फाल्गुन ४, २०७५

अभिनेता तथा निर्माता भुवन केसीले आफ्नो पछिल्लो चलचित्र ‘क्याप्टेन’ लाई असफल बनाउन केही तत्व सक्रिय रहेको गुनासो गरेका छन् । चलचित्रको केही साताअघि सार्वजनिक रहर छ सँगै...गीतको लोकप्रियता तथा हालै सार्वजनिक ट्रेलरको सफलतापछि निर्माता केसी चलचित्रको सफलताप्रति आशावादी छन् । यद्यपि चलचित्रको ट्रेलर सार्वजनिक समारोहमा उनले एउटा गम्भीर मुद्दा उठाए ।

‘चलचित्रका केही कलाकारले पारिश्रमिक नपाएको गुनासो सुनें, केसी भन्दैथिए–‘राजाराम पौडेलले पारिश्रमिक नपाएको कुरा गर्नु भएको रहेछ, मैले उहाँसँग जिज्ञासा राख्दा आफूले त्यस्तो नबोलेको बताउनुभयो ।’

भुवनको गुनासो थियो– ‘यो अरू केही नभएर चलचित्रलाई बदनाम गर्न चाहनेहरूको हर्कत मात्र हो ।’ ‘मलाई के लाग्छ भने यो सबै क्याप्टेनलाई बदनाम गर्न चाहनेहरूको चाल हो, केसीको भनाइ छ । निर्माता केसीले आफ्नो चलचित्रमा आबद्ध सिनियरदेखि जुनियरसम्म कसैलाई पनि भेदभाव नगरिने दाबीसमेत गरे । क्याप्टेनको सफलताले आलोचकहरूको मुख बन्द गर्ने दाबी पनि केसीको छ ।  

 

प्रकाशित :फाल्गुन ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्